५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनियन्त्रित बिमान भवनमा ठोक्कियो, चालक दलका दुईको मृत्यु



अ+ अ-

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।

साइबेरियाको निझनियनगास्र्क विमानस्थलमा आपतकालीन अवतरण गर्नेक्रममा बिमान दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् । एएन–२४ कलसाइन रहेको उक्त विमान उलान–उडबाट आएको थियो ।
उक्त बिमान धावनमार्गबाट करिब १०० मिटर टाढा उछिट्टिएको थियो । आपतकालीन अवतरण गरेको बिमानले धावनमार्ग नजिकैको फोहोर प्रशोधन केन्द्रको भवनमा ठक्कर दिएको थियो ।

बिमानका चालक दलका दुबै सदस्यको मृत्यु भए पनि बिमानमा सवार सबै ४३ जना यात्रु सकुशल रहेको स्थानीय प्रहरीले जनाएको छ ।दुर्घटनाग्रस्त बिमानमा तत्कालै आगलागी पनि भएको थियो । रुसी उड्डयन प्राधिकरणले दुर्घटनाको बारेमा अनुसन्धान शुरु गरेको जनाएको छ ।