२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियामा अष्ट्रेलियाली विद्यार्थी पक्राउ, तत्काल स्पष्टिकरण माग



अ+ अ-

काठमाडौं । अष्ट्रेलियाली विद्यार्थी उत्तर कोरियामा पक्राउ परेको भन्ने रिपोर्ट सार्वजनिक भएपछि अष्ट्रेलियाले यसबारे तत्काल स्पष्टिकरणको माग गरेको छ ।

अष्ट्रेलियाली तथा दक्षिण कोरियाली मिडियाले पक्राउ पर्ने विद्यार्थी २९ वर्षीय एलेक सिग्ले भएको जानकारी दिएको छ । उनी प्योंगयांगमा बसिरहेको पनि जानकारीमा उल्लेख छ ।

अष्ट्रेलियाको विदेश मामला एवं व्यापार विभागले गोपनियताका कारण उनीबारे त्यति जानकारी उपलब्ध गराएको छैन ।

अष्ट्रेलियाले पक्राउ परेको भनिएका विद्यार्थीका परिवारलाई सहयोग गरिरहेको जानकारी दिएको छ ।

‘विभागले तत्काल स्पष्टिकरणको माग गरेको छ,’ बिहिबार प्रकाशित एक वक्तव्यमा बताइएको छ ।

ती विद्यार्थीलाई किन पक्राउ गरियो भनेर स्पष्ट जानकारी उपलब्ध छैन ।

सिग्ले उत्तर कोरियाको राजधानीस्थित किम क्ष्क्ष्–संग युनिभर्सिटीमा कोरियन साहित्यमा स्नातकोत्तर गरिरहेका थिए । उनले उत्तर कोरिया भ्रमण गर्न चाहने विदेशीका लागि टुर पनि चलाउँछन् ।

द गार्डियनमा मार्चमा प्रकाशित एक लेखमा उनले आफूलाई उत्तर कोरियामा बस्ने एक्ला अष्ट्रेलियाली नागरिक बताएका थिए ।

उनले कसैको सहयोग बिना उत्तर कोरियाली शहरमा घुम्न सक्ने बताएका थिए ।

यो हप्ताको सुरुवातमा उनका साथीले उनी हराइरहेको जानकारी दिएको अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पले बताएको छ ।

उत्तर कोरियामा अष्ट्रेलियाको कुनै दूतावास छैन ।