२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट सरकारका मन्त्री हेरफेर हुने, ओली र दाहालले कसलाई बोलाए



अ+ अ-

काठमाडौँ। सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तिमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको छ ।

सहमतिपछि मन्त्रिमण्डलमा हेरफेरका लागि दुबै अध्यक्ष गृहकार्यमा जुटेका छन्।ओली प्रचण्डले बिहीबार पूर्वएमाले र पूर्वमाओवादीका आकांक्षी सांसदसँग छलफल गर्न लागेका छन्।

प्रधामन्त्री ओलीले सांसद महेश बस्नेत, पार्वत गुरुङ र योगेश भट्टराईलाई छलफलका लागि बालुवाटार बोलाएका छन्।

अर्काअध्यक्ष दाहालले मन्त्री बन्न आकांक्षी सांसदहरु जनार्दन शर्मा, प्रभु शाह र देवेन्द्र पौडेलललाई आफ्नो निवास खुमलटार बोलाएका छन्।

अध्यक्षद्वयले सांसदहरुसँग छलफल गरेपछि मन्त्रिमण्डलमा हेरफेर हुने उच्च श्रोतले बताएको छ। तर, कुन-कुन मन्त्रीलाई हटाउने भन्नेबारे केही नखुलाइए समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले प्रधानमन्त्रीले मन्त्रिमण्डल पूनगर्गठन गर्न गृहकार्यमा जुटेका बताएका छन् । उनले आलोपालो सरकार चलाउनेबारे नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कुनै सहमति नभएको खुलासा पनि गरेका छन् ।

उनले वर्तमान प्रधानमन्त्री ओली नै पाँच वर्षको लागि प्रधानमन्त्री भएको पनि जिकिर गरे । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टराईले यस्तो बताएका हुन् ।

यदि आलोपालोमा सहमति भएको भए प्रधानमन्त्री ओलीले पद छोड्नुपर्ने उनको भनाई छ । तर, आफ्नो जानकारीमा अहिलेसम्म उक्त सहमति भएको भन्ने कुरा नभएको पनि उनले जिकिर गरे । उनले अहिहले नेपाल र भारतबीच जनस्तरबाटै सुमधुर सम्बन्ध रहेको पनि विश्वास दिलाए । त्यस्तै उनले नेपालमा पानीजहाज आउने कुरा शतप्रतिशत सत्य कुरा भएको भन्दै आफू विश्वस्त रहेको सुनाए ।