५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

इराकमा बम आक्रमण पाँच सैनिकको मृत्यु



अ+ अ-

बग्दाद । इराकको उत्तरी राज्य किर्कुकको एक सडककिनारमा राखिएको बम विस्फोटमा परी बुधबार पाँच इराकी सङ्घीय प्रहरीको मृत्यु भएको छ । सुरक्षा अधिकारीहरुले उक्त जानकारी दिएका छन् ।

प्रान्तीय राजधानी किर्कुकको दक्षिण भागमा पर्ने स्थानमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहले राखेको बम विस्फोटमा परी पाँच जना सङघीय प्रहरीको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

आक्रमण भएको यस इलाकालाई प्रहरीले घेरा लगाएको र आक्रमणकारीको खोजीकार्यमा लागेको बताइएको छ ।

इराकी सुरक्षा बलले सन् २०१७ को अन्त्यबाट अतिवादी आइएस आतङ्ककारी समूहलाई देशभरी नै परास्त गरेपछि इराकको सुरक्षा अवस्थामा नाटकिय रुपमा नै सुधार आएको बताइन्छ ।

यद्यपी ग्रामीण इलाकामा अझै पनि आइएस आतङ्ककारीहरुले बारम्बार आक्रमण गर्दै आएको पाइन्छ ।