५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईई परीक्षाको परीक्षाफल बिहीबार प्रकाशित हुने



अ+ अ-

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल बिहीबार (भोलि) प्रकाशित गर्ने भएको छ ।

बुधबार सार्वजनिक हुने भनिएपनि केही प्राविधिक कुराले गर्दा बिहिबार मात्र परिक्षाफल प्रकाशित हुने बोर्डले जानकारी दिएको हो ।

बोर्डका उपनियन्त्रक चेतनाथ शर्माले कर्मचारीको अभावामा परीक्षाफल प्रकाशित हुन ढिलो भएको बताए । उनले २६ जिल्लाका शिक्षा समन्वय समिति प्रमुखको संघ र प्रदेशमा समायोजन भएकोले यसपाली परिक्षाफल प्रकाशित हुन समय लागेको बताए । उनले अहिले सम्पूर्ण तयारी सकेकाले भोलि नतिजा सार्वजनिक गर्ने बताए । ‘हामी तयारी गर्दैछौं उनले भने भोलिसम्ममा परीक्षाफल प्रकाशित हुनेछ ।’

परीक्षाफल प्रकाशित गर्न केही सामान्य काम बाँकी रहेको जानकारी दिँदै अधिकांश तयारी सकिएको र पुनः परीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको शर्माले बताए ।

यता परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले परीक्षाफल प्रकाशित गर्न केही सामान्य काम बाँकी रहेको बताइए । केही विद्यार्थीले एक/दुई वटा विषयमा कम अंक ल्याएको देखिएकाले उनीहरूको कपी रुजु गर्ने काम भइरहेको उनले जानकारी दिए। उनका अनुसार सात वटा विषयमा राम्रो जीपीए ल्याएका विद्यार्थीले एक वा दुई वटा विषयमा नराम्रो अंक ल्याएको देखिएकाले अंक हेर्ने काम शुरू गरिएको छ।उनले सबै विषयमध्ये एक/दुई विषयमा नराम्रो अंक ल्याउने विद्यार्थीले परीक्षा प्रणालीप्रति असन्तुष्ट नजनाऊन् भनेर उत्तरपुस्तिका हेरिएको स्पष्ट पारे।

भोलि राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने गरी तयारी भैरहेको उनले जानकारी दिए ।

गत चैत १० गतेदेखि सञ्चालित परीक्षामा नियमिततर्फ करिब ४ लाख ५९ हजार र एक्जाम्टेडमा करिब १५ हजार विद्यार्थी सहभागी थिए । पनिकाले गत वर्ष पनि असार ११ गते परीक्षाफल प्रकाशित गरेको थियो ।