५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

विनियोजन विधेयक पारित



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘विनियोजन विधेयक, २०७६’ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले “विनियोजन विधेयक, २०७६ लाई पारित गरियोस्” भनी प्रस्तुत गर्नुभएको प्रस्ताव बैठकले पारित गरेको हो ।

साथै अर्थमन्त्री खतिवडाले “आर्थिक विधेयक, २०७६ माथि विचार गरियोस्”, “राष्ट्र ऋण उठाउने विधेयक, २०७६ माथि विचार गरियोस्” र ऋण तथा जमानत (तेइसौं संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्तुत गर्नुभएको बेग्लाबेग्लै प्रस्तावलाई पनि बैठकले बहुमतले स्वीकृत गरेको छ ।

बैठकमा ती विधेयकमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले सेवामा कर लाग्छ तर कुन सेवामा कसरी लगाउने भन्ने र करको दरबारेमा भने छलफल गर्न सकिन्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “पूर्वाधार निर्माण र पूँजीगत खर्चका लागि ऋण लिने भनिएको हो, आन्तरिक ऋण स्वीकार्य सीमाभित्रै छ ।” बैठकमा सांसदले सरकारले करको दायरा बढाउनाको साटो जनतालाई दुःख दिने नियतले करको दर किन बढाएको भनी प्रश्न गर्नुभएको थियो ।
यसअघि दुर्गा पौडेल, प्रेम सुवाल, दिव्यमणि राजभण्डारी, रङ्गमती शाही, मीनेन्द्रप्रसाद रिजाल, राजेन्द्रकुमार केसी, मीनबहादुर विश्वकर्मा, उमा रेग्मी, सुजाता परियार, सत्यनारायण शर्मा खनाल, गगनकुमार थापा, लक्ष्मी परियार, बहादुरसिंह लामा तामाङ, दिलेन्द्रप्रसाद बडू, नारायण खड्का, डिला सङ्ग्रौला, सञ्जयकुमार गौतम, ज्ञानेन्द्रबहादुर कार्की, देवेन्द्रराज कँंडेल, विजयकुमार गच्छदार र पार्वता डिसी चौधरीले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयसम्बन्धमा राखेको खर्च कटौतीको प्रस्ताव बैठकको बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार १३ गते अपराह्न ४ बजे बस्नेछ ।