५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडाको बजेट रु एक अर्ब ८१ करोड



अ+ अ-

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को लागि रु एक अर्ब ८१ करोड १८ लाखको बजेट ल्याएको छ । उपमहानगरपालिकाको पाँचौँ नगरसभा बैठकमा बजेट प्रस्तुत गरिएको हो ।

उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामाले प्रस्तुत गर्नुभएकोे बजेटमा आन्तरिक स्रोतबाट रु ३० करोड ३४ लाख ९१ हजार, राजश्व बाँडफाँटबाट रु ४५ करोड ८४ लाख नौ हजार, प्रदेश नं ३ सरकारको विभिन्न अनुदानबाट रु आठ करोड ३४ लाख ९९ हजारको बजेट प्रस्ताव गरिएको छ । त्यसैगरी सङ्घीय सरकारको अनुदानबाट रु ८६ करोड ६४ लाख प्राप्त हुन जनाइएको छ । उपमहानगरपालिकाको गत वर्षको नगद मौज्दातबाट रु १० करोड बेहोरिने उपप्रमुख लामाले बताउनुभयो ।

बजेटमा तलब, भत्तालगायत दैनिक कार्यालय सञ्चालन र अन्य प्रशासनिक खर्चका लागि रु १९ करोड १४ लाख ४० हजार विनियोजित गरिएको उपप्रमुख लामाले बताउनुभयो । कार्यालयको सुशासनतर्फमा रु छ करोड ४५ लाख ८९ हजार छुट्याइएको छ । नगरको सामाजिक क्षेत्रतर्फका कार्यक्रमका लागि रु ५८ करोड ५५ लाख ४३ हजार छुट्याइएको छ । उपमहानगरपालिकाले पूर्वाधार विकासका लागि रु ८६ करोड १२ लाख ५० हजार छुट्याइएको उपप्रमुख लामाले बताउनुभयो ।