२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भगवान शिवलाई खुशी पार्ने पाँच उपायः जसलाई पूरा गरेमा मिल्छ चिताएको कुरा



अ+ अ-

काठमाडौं । कालो तिललाई ज्योतिषमा धेरै महत्व दिदै यसको प्रयोगले सबै समस्या टाढा हुनसक्छ। जान्नुहोस ज्योतिषका अनुसार कालो तिलको ५ उपाय, जसले गरीबी टाढा हुनसक्छ र भाग्यको साथ सधै मिल्छ।

यी हुन् ति ५ उपायः

१. हरेक शनिवार शुद्ध जलमा कालो तिल मिसाएर ऊँ नम शिवाय मन्त्रको जप गर्दै शिवजीलाई चढाउनुस।
२. हरेक शनिवार कालो तिल, कालो मासलाई कालो कपडामा बेरेर कुनै गरिब व्यक्तिलाई दान गर्नुस। यो उपायले पैसासँग जोडिएका समस्या टाढा हुन्छ।

३. हरेक शनिवार दुधमा कालो तिल मिसाएर पिपललाई चढाउनुस। यस्तो गर्नाले जस्तो सुकै नराम्रो समयपनि टाढा हुन्छ।
४. कालो तिल दान गर्नाले राहु(केतु र शनि सम्वन्धि धेरै अशुभ योगको नराम्रो प्रभाब टाढा हुन्छ। कालसर्प योग, साढेसाति यस्तोमा यो उपाय अपनाउन सकिन्छ।

५. यदि शनिको सांढेसाती समय चलिरहेको छ भने कुनै पवित्र नदीमा कालो तिल चढाउनु पर्छ। यो उपायले शनि दोषबाट शान्ति मिल्छ ।

को हुन शिव…?


शिव हिन्दू धर्मको प्रमुख देवताहरू मध्यको एक ईश्वर को रुप हो। वेदमा यिनको नाम रुद्र भनिएको छ। यीनी व्यक्तिको चेतनाको अन्तर्यामी छन्। यिनको अर्धाङ्गिनी (शक्ति)को नाम पार्वती हो। यिनका दुईवटा पुत्रहरू छन्, जसमा एक स्कन्द र अर्का गणेश हुन्। हिन्दू मान्यता अनुसार ब्रह्माजी यो संसारका सृष्ठीकर्ता हुन् भने भगवान विष्णु यो संसारको पालन कर्ता र शिव यो संसारका संहार कर्ता हुन्।

श+िव= शिव मिलेर बनेको शिवको नामको “ि” लाई हटाएमा “शव” शब्द बन्छ तसर्थ शिवलाई जिव अथवा प्राण भनेर चिनिन्छ। शिवले छोडेमा यो संसारमा देह अथवा शव मात्र रहन्छ। देहमा ब्रह्माको स्थान शिरमा छ, विष्णुको स्थान हृदय अथवा शरिरको मध्य भागमा छ र शिवको स्थान कमर भन्दा तलको भागमा छ। त्यसैले भगवान शिवलाई शिवलिंगको रुपमा पूजा गरिन्छ। शिव अधिकतर चित्रहरूमा योगीको रूपमा देखिन्छन् र उनको पूजा लिंगको रूपमा गरिन्छ। भगवान शिवलाई संहारको देवता भनिन्छ।

भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुवैको लागि विख्यात छन्। अन्य देवहरू भन्दा शिवलाई भिन्न मानिएको छ। सृष्टिको उत्पात, स्थिति एवं संहारको अधिपति शिव हुन्। त्रिदेवहरूमा भगवान शिव संहारको देवता मानिन्छन्। शिव अनादि तथा सृष्टि प्रक्रियाको आदिस्रोत हुन् र यीनी काल महाकाल नै ज्योतिष शास्त्रका आधार हुन्।

शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ, तर उनले संधै लय एवं प्रलय दुवैलाई आफ्नो अधीन गरेका छन्। भगवान शिव देवताका पनि देवता भएकाले उनलाई महादेव भनिन्छ भने ईश्वरका पनि ईश्वर भएकोले उनलाई महेश्वर भनेर चिनिन्छ।




भर्खरै