२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ५२.३१ अंकले वृद्धि



अ+ अ-

काठमाडौँ । पछिल्लो दुई हप्ता देखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक विहीवार वृद्धि भएको छ ।

बिहीवार नेप्से परिसूचक ५२.३१ अंकले बढेर २ हजार ५६६.९० विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.२४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१६ अंकले बढेको छ ।

बिहीवार कारोबारमा आएका २२६ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता शेयर २ अर्ब ७९ करोड १८ लाख ७२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचक ५० अंक भन्दा बढीले बढेपनि कारोबार रकममा भने खासै सुधार भएको छैन । बुधवार २ अर्ब ३५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । जसमा वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ५.०६ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक ४.७९ प्रतिशत, जलविद्युत उपसमूहको परिसूचक ४.१२ प्रतिशत र लगानीको ४.२ प्रतिशत बढेको छ ।  व्यापार, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

बिहीवार कारोबारमा आएको इमर्जिङ्ग नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलोपर्स, प्रोग्रेशिभ फाइनान्स, ज्योति विकास बैंक, सेन्ट्रल फाइनान्स र हिमालयन पावर पार्टनरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ ।  

कारोबार रकमका आधारमा १६ करोडभन्दा बढीको शेयर खरिदबिक्री  गरेर अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । नेपाल टेलिकम र एनआईसी एशियाको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।




भर्खरै