५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका : इक्वेडरमाथि चिलीको संघर्षपूर्ण जित, एक खेल अगाबै क्वाटरफाइनलमा प्रवेश



अ+ अ-

काठमाडौं । कोपा अमेरिका २०१९ मा साविकको विजेता चिली क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान भएको खेलमा इक्वेडरलाई चिलीले २–१ गोलले पराजित गरेको हो । चिलीको जितमा पेड्रो फुएनजालिड़ा र एलेक्सिस सान्चेजले समान एक एक गोल गरेका थिए । यता इक्वेडरको लागि एक मात्रै गोल इन्नर भ्यालेन्सीयाले गरे ।

खेलको ८ औं मिनेटमै चिलीको अग्रता लिएको थियो । उसका लागि पेड्रोले गोल गर्दै १–० को अग्रता दिलाएका थिए । तर खेलको २६ आंै मिनेटमा चिलीका डिफेन्डरले इक्वेडरका खेलाडीलाई फल गरेपछि पेनाल्टीको मौका पाएको थियो । उक्त मौकालाई भ्यालेन्सीयाले सदुपयोग गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

पहिलो हाफ १–१ को बराबरीमा रोकिएपछि दोस्रो हाफमा चिलीले सुधारीएको प्रर्दशन गर्यो । उसले खेलको ५१ औं मिनेटमा सान्चेजको गोलबाट २–१ को अग्रता बनायो । त्यसपछि इक्वेडर थप दवाबमा आयो । खेलको ८८ औं मिनेटमा ग्राबियल अचिलीएले रातो कार्ड खादै मैदान छाडे । बाँकी समयमा दुबै पक्षबाट गोल हुन नसक्दा चिलीले इक्वेडरमाथि २ –१ को जित दर्ता गर्यो ।

यो जितसँगै चिलीको २ खेलमा ६ अंक भएको छ भने नकआउट चरणमा आफ्नो स्थान सुनिस्चित गरेको छ । त्यस्तै इक्वेडर भने दुवै खेलमा हार बेहोरेकाले नकआउट चरणमा जाने सम्भावना कम देखिएको छ । समुह सी मा उरुग्वे २ खेलमा ४ अंकसहित दोस्रो स्थानमा छ भने जापान एक अंकसहित तेस्रो स्थानमा रहेको छ ।

कोपा अन्तर्गत अब समुह चरणका अन्तिम खेलहरु हुने छन् । जस अनुसार आइतबार बिहान समुह ए का बोलिभिया र भेनेजुएला तथा पेरु र ब्राजिल खेल्दै छन् ।