२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको सबैभन्दा महँगो घर किन्ने को हुन ?



अ+ अ-

काठमाडौं । अमेरिकाको म्यानहटन सहरमा रहेको एउटा अपार्टमेन्ट २ सय ३८ मिलियन अथवा २७ अर्ब १३ करोड २० लाखमा बिक्री भएको छ । यो अमेरिकामा बिक्री भएको घरमध्ये सबैभन्दा महँगो हो ।

अमेरिकाको सेन्ट्रल पार्कलाई सबैभन्दा महँगो बस्ती पनि मानिन्छ । सेन्ट्रल पार्कमै रहेको यो घर अमेरिकी अर्बपति केन ग्रिफनले किनेका हुन् । ग्रिफिन हेग फन्ड इन्भेस्टमेन्ट कम्पनीका रिटायर्ड संस्थापकले सो घर किनेका हुन् ।

५० वर्षीय ग्रिफिनले सोमबार मात्र पनि लन्डनको बर्किङघम प्यालेससँगै अर्को महँगो घर किनेका थिए । उनले त्यो घर १ सय २४ मिलियन अथवा १४ अर्ब १३ करोड ६० लाखमा किनेका थिए । यसअघि पनि ग्रिफिनले सन् २०१५ मा ६० मिलियनको सबैभन्दा महँगो घर किनेको रेकर्ड बनाएका थिए ।

गत वर्ष सिकागोमा गिफिनले ५९ मिलियन डलरको घर किनेका थिए । उनीसँग सिकागोमा मात्र तीन, फ्लोरिडामा पामबीचमा ६ तथा हुवाईमा दुईवटा महँगा घर छन् ।

सेन्ट्रल पार्कमा सन् २०१४ मा १ सय ३७ मिलियन अर्थात् १५ अर्ब ६१ करोड ८० लाखमा बिक्री भएको थियो । जसलाई यसअघिको सबैभन्दा महँगो घर मानिएको थियो ।