५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका : भोली एसियाली पावर हाउस जापानले उरुग्वेविरुद्ध खेल्दै, मेस्सी दोस्रो पटक मैदान उत्रदैं



अ+ अ-

काठमाडौं । कोपा अमेरिका २०१९ अन्र्तगत समूह समूह ‘सी’ मा भोली एसियाली फुटबलको पावर हाउस भनेर चिनिने जापानले दोस्रो खेल उरुग्वे विरुद्ध खेल्ने भएको छ ।

नेपाली समय अनुसार बिहान ४ः४५ बजे सुरु हुने खेलमा जापान पहिलो जितको खोजीमा हुनेछ । २० वर्षपछि दक्षिण अमेरिकी फुटबलमा पmर्केको जापानले यस बर्षको उपाधि दाबेदार मानिएको उरुग्वेसँग खेल्दै दोस्रो खेल खेल्दैछ । उरुग्वे यसपाली उच्च लयमा देखिएको छ । पहिलो खेलमा उरुग्वेले इक्वेडरलाई ४–० गोलले पराजित गरेको थियो । यता जापान भने चिलीसँग ४–० गोलले नै पराजित भएको थियो ।


उरुग्वे अनुभवी खेलाडीहरुले भरिएको छ । निकोलास लोडेरिया, इडिसन काभानी र लुइस स्वारेज जस्ता प्रभावशाली खेलाडीको सामना गर्नु नै जापानको लागि चुनौति हुनेछ । उता जापानसँग पनि सिन्जी ओकाजाकी, गोलकिपर आइजी कावाशिमा र गाबु शिवान्स्की जस्ता खेलाडी रहेका छन् ।

यता केही दिनअघि मात्र रियल मड्रिडमा अनुबन्ध भएका जापानिस मेसीको रुपमा चर्चित ताकेफुसो कुबो पनि हेर्न लायक खेलाडीका रुपमा गनिएका छन् ।

यस समूहमा उरुग्वेले पहिलो खेल जित्दै ३ अंक जोडिसकेको छ। यता चिलीले पनि ३ अकं जोडेको छ । जापान र इक्वेडरले प्रतियोगितामा खाता खेल्न सकेका छैनन् ।

कूल १२ टिम सहभागी रहेको कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत समूह ख मा अर्जेन्टिना सहित कोलम्बिया, पाराग्वे र कतार रहेका छन् । समूह क मा भने ब्राजिल, पेरु, भेनेजुएला र बोलिभिया तथा समूह ग मा उरुग्वे, चिली, जापान र इक्वेडर रहेका छन् ।

कोपा अमेरिका फुटबल प्रतियोगिता यो सहित ब्राजिलमा पाँचौं पटक हुँदैछ ।