२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमानको ‘भारत’ले बक्स अफिसमा दुई सय करोड कलेक्शन गर्यो



अ+ अ-

काठमाडौं । सलमान खानको चलचित्र ‘भारत’ ले बक्स अफिसमा अझैं पनि धमाका मच्चाइरहेको छ । चलचित्रले पहिलो दिन जबरदस्त ओपनिङ गरेको थियो । रिलिज भएको १५ दिन वितिसक्दा पनि फिल्मले बक्स अफिसमा राम्रो कमाई गरिहरेको छ ।

रिलिज भएको दोस्रो साता पूरा भएसँगै बक्स अफिसमा ‘भारत’ले दुई सय करोडको क्लबमा इन्ट्री गरिसकेको छ ।

चलचित्रमा सलमान खान र कट्रिना केफका साथै सुनील ग्रोवर, दिशा पटनी, तब्बु, नोरा फतेही, ज्याकी श्राफलगायतका कलाकारको अभिनय रहेको छ । ‘भारत’ कोरियन भाषाको चलचित्र ‘ओड टु माई फादर’ को हिन्दी रिमेक हो ।

भारतीय ट्रेड एनालिस्टका अनुसार ‘भारत’ ले ‘भारत’ले जबरदस्त तरिकाले दुई सय करोडको आँकडा पार गरेको छ । चलचित्र यस्तो दमदार छ कि क्रिकेट वल्र्डकपको जूनूनपछि पनि बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ ।’

यो चलचित्रले प्रत्येक दिन दुईदेखि चार करोडसम्मको ब्यापार गरिरहेको छ । त्यसोत, शुक्रबारबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको शाहिद कपुरको चलचित्र ‘कबिर सिंह’ले भारतको कमाईमा केही असर गर्नसक्नेछ । तर, पनि स–साना शहरहरुमा सलमानको ‘भारत’ले राम्रो कमाई गर्नसक्नेछ । यो फिल्मले २५० करोडको कमाई गर्न सक्ने आँकलन गरिएको छ ।

चलचित्रलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् ।चलचित्रमा सलमान खान ‘भारत’ नाम गरेका एक युवा अवस्थाको व्यक्तिदेखि ७० वर्षीय वृद्धसम्मको पाँचवटा भिन्न भिन्न अवतारमा देखिएका छन् ।

सन् १९४७ मा भारत र पाकिस्तान छुट्टिने बेलाको त्रासदीपूर्ण समयको भागदौडमा आफ्ना बुबा र सानी बहिनी गुमाएका ‘भारत’ ले आफ्ना परिवारका जिम्मेवारी कसरी उठाउँछन् र हराएका बुवा र बहिनीको खोजी गर्दाको संघर्षलाई चलचित्रमा चित्रण गरिएको छ ।

चलचित्रमा सलमान खान र क्याट्रिना कैफको साथमा दीशा पटानी, ज्याकी श्रफ, तब्बु, सुनिल ग्रोवर लगाएतको पनि मुख्य भूमिका रहेको छ ।




भर्खरै