५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रामीण भेगमा महको खपत बढ्दो



अ+ अ-

सिरहा । विभिन्न गाउँपालिकामा उत्पादन हुने मौरीको मह सिरहाका प्रमुख बजारभन्दा ग्रामीण भेगमा नै बढी खपत हुने गरेको पाइएको छ । स्थानीयस्तरमा उत्पादन हुने मालसामानको बढी खपत शहर तथा नगरोन्मुख बजारका बासिन्दाले उपभोग गर्ने यथार्थ विपरीत मौरीको मह बढी मात्रा ग्रामीण भेगका गाउँमा खपत भएको छ । भवानीपुर–७ स्थित गायत्री मौरी विकास केन्द्रका सञ्चालक चन्देश्वर कामती आफूले उत्पादन गरेको मासिक २५ बाकस मौरीको महको माग बजारमा नरहेको बताउनुहुन्छ । “बजारका मानिसहरु हर्लिक्स, बुस्ट तथा ठूलठूला कम्पनिका प्याकेज गरिएको मह खान्छन्”, उहाँले भन्नुभयो, “तर गाउँका मानिसहरुले घरेलु भिटामिन र औषधिको रुपमा मह नै प्रयोग गर्ने हुंँदा महको खपत गाउंँमा बढी भएको हो ।”

मह उत्पादन गरेपछि घरमै बिक्री हुने गरेकाले ग्रामीण कृषक मौरीपालनप्रति आकर्षित हुने गरेको लहान–४ स्थित मनकामना मौरी विकास केन्द्रका रामचन्द्र गुप्ताको भनाइ छ । ग्रामीण भेगमा उत्पादन हुने महमा मिश्रणको सम्भावना नहुने विश्वास सर्वसाधारण उपभोक्तामा छ । ग्रामीण क्षेत्रमा एक घारमा औसत २५ केजी मह उत्पादन हुने गरेको छ । नेपाली बजारमा अहिले प्रति केजी महको रु तीन सय पर्छ ।

मह उत्पादनबाट गाउंँमै बसी लगानीको तुलनामा राम्रो आम्दानी गर्न सक्ने भएको हुँदा मौरीपालकको जीवनस्तरमा पनि राम्रो सुधार आएको जिल्ला कृषि विकास कार्यालय सिरहाले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सिरहाका २४ गाउँपालिका तथा नगरपालिकामा करीब ३५ किसानले मौरीपालन गरिरहेका छन् ।