२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा सभापति देउवाको प्रश्नः प्रतिपक्षि दल बोल्न नपाउने यो कहाँ छ संसारमा ?



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतले हिजोको सदनको बैठकमा आफूले बोल्न नपाएकामा आपत्ति जनाउनुभएको छ । उहाँले भन्नुभयो, “मैले विसं २०४८ देखि निरन्तर संसद्मा प्रतिनिधित्व गरेको छु । यस्ता घटना कहिल्यै भएको थिएन ।”

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महरासँग समय मागेर उहाँले मिडिया काउन्सिलसम्बन्धी विधेयक प्रजातन्त्र र लोकतन्त्रविरोधी रहेको उल्लेख गर्दै यसले संविधान प्रदत्त वाक् तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्नेछ भन्नुभयो ।

नेता देउवाले स्वतन्त्र र निष्पक्ष हुने मानवअधिकार आयोगलाई कमजोर पार्न विधेयक आएकामा आपत्ति जनाउँदै मानवअधिकार बिनाको प्रजातन्त्र कसरी सुदृढ हुन्छ ? भन्ने प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “प्रजातन्त्र र लोकतन्त्रविरोधी विधेयक सरकारले फिर्ता नलिए कडा आन्दोलनमा जान्छौँ ।”

राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णले समानुपातिक र समावेशी संविधानको आत्मालाई लोकसेवा आयोगको विज्ञापनले उडाएर लगेकामा दुःख लागेको छ भन्नुभयो । “सत्ता र प्रमुख प्रतिपक्षी दुवैलाई लोकतन्त्र चाहिन्छ । लोकतन्त्रको हत्या नगरौँ”, उहाँले भन्नुभयो ।