५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

६ महिना अघि विहे गरेका निर्माता सोहन चौहान मृत भेटिए



अ+ अ-

काठमाडौं । इन्डियाज गट ट्यालेन्ट सेभेन र मास्टरशेफ इन्डियाजस्ता कार्यक्रममा काम गरिसकेका सिनियर पोष्ट प्रोड्युसर सोहन चौहानलाई मृत पाइएको छ । उनको शव मुम्बईको आरे कोलोनीमा रोयल पाम्स सोसाइटीको एक पोखरीमा भेटिएको हो ।

स्पटबोयका अनुसार उनको शव आइतबार राती भेटिएको हो जसलाई पोस्टमार्टमका लागि सिद्धार्थ अस्पताल लगिएको थियो । मृत्युको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

रिपोर्टमा बताइए अनुसार सोहन पछिल्लो समय एक्लै बसिरहेका थिए किनभने उनकी श्रीमती दिल्लीमा थिइन् । भारतीय मिडिया रिपोर्ट अनुसार उनलाई अन्तिम पटक उनको घरमा काम गर्न आएकी सहयोगीले देखेकी थिइन् ।

सोहन सोसल मिडियामा १३ जूनसम्म एक्टिभ थिए । उनले सारेगामापा लिटिल च्याम्पको फिनालेबारे ९ जूनमा पोष्ट गरेका थिए । यद्यपि, जब सोहन चौहानका भाइले शनिबार उनीसँग सम्पर्क गर्ने कोसिस गरे तब उनी असफल भए ।

त्यसकारण उनले दाइ हराएको रिपोर्ट पुलिसमा दर्ता गरे । आइबार बिहान करिब साढे सात बने स्थानीयले पुलिसलाई पोखरीमा शव तैरिरहेको बारे जानकारी दिए ।

पुलिस अनुसन्धान अनुसार सोहन चौहानको शरीरमा चोटका कुनै निशाना भेटिएको छैन । उनी बसेको घरमा राखिएको सिसिटिभी फुटेज अनुसार सोहन चौहानलाई आइतबार हातमा बोतल लिएर बाहिर निस्किरहेको देखिएको थियो । उनको अन्तिम संस्कार पछि पुलिसले घरको अनुसन्धान गर्यो । उनको कोठाभित्र रमको एउटा खाली बोतल र एउटा डायरी भेटियो जसमा सोहन चौहान कविता लेख्थे । एजेन्सी