२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राष्ट्रपति ट्रम्पले गरे यस्तो घोषणा, फ्लोरिडालाई किन भने आफ्नो दोस्रो घर



अ+ अ-

अलजजिरा। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० मा अमेरिकामा हुने राष्ट्रपतिय निर्वाचनको लागि चुनावी अभियानको घोषणा गरेका छन् ।

मंगलबार फ्लोरिडामा हजारौँ समर्थकहरुको भेला माझ ट्रम्पले चुनावी प्रचारको औपचारिक घोषणा गरेका हुन् ।

समर्थकलाई सम्बोधन गर्ने क्रममा उनले फ्लोरिडालाई आफ्नो दोस्रो घर बताए । त्यस्तै उनले विपक्षी डेमोक्रेटले देशलाई ‘विभाजन’ गर्न उद्दत रहेको आरोप पनि लगाए ।

सुरुवाती मतसर्वेक्षणमा ट्रम्प केही सम्भावित डेमोक्रेट प्रत्यासीभन्दा पछाडि देखिएका छन् ।

फ्लोरिडा राज्यको ओर्लाण्डो सहरमा भएको भेलालाई सम्बोधन गर्दै ट्रम्पले भने ,‘ हामीले अमेरिकालाई महान् बनाइ राख्नुपर्छ । आज म तपाईंका अघि अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकालको लागि चुनावी अभियान औपचारिक रुपमा सुरु गर्दैछु ।’

‘तपाईंले अहिलेकै प्रशासनका टिमलाई कायम राख्न सघाउनु भयो भने आगामी दिन धेरै काम गरिनेछ । यस प्रशासन अन्तर्गत जति हाम्रो देशको भविष्य कहिले सुन्दर र चहकिलो देखिएको थिएन,’ ट्रपले भने ।

सम्बोधनमा ट्रम्पले अवैध आप्रवासीहरुमाथि कडाई गरिने उनको पुरानो वाचा पुनः दोहो¥याए । ट्रम्पले सन् २०१६ मा आप्रवासीको विरोधलाई प्रमुख मुद्दा बनाएका थिए ।

एक दिन अघि ट्रम्पले ट्वीट गर्दै प्रशासनले ‘गैरकानुनी रुपमा अमेरिका पुगेका लाखौँ आप्रवासीलाई देश निकाला गर्न सुरु गर्ने’ लेखेको थिए ।

राष्ट्रपतिको ¥याली हुने स्थानमा हजारौं समर्थक भेला भएका थिए । केही मानिस अघिल्लो दिन विहानैदेखि ओर्लाण्डोको एम्वे सेन्टर एरिनाबाहिर क्याम्प लगाएर बसेका थिए ।

संचारमाध्यमसँग कुरा गर्ने क्रममा ट्रम्पका समर्थकले अर्थतन्त्र र आप्रवासनलाई प्रमुख चासो भएका रुपमा उल्लेख गरे ।

फ्लोरिडा अमेरिकाको राष्ट्रपति निर्णायक हुने थोरै राज्यमध्येमा पर्छ । सन् २०१६ मा ट्रम्पले थोरै मतले यस राज्यबाट जित हासिल गरेका थिए । एजेन्सी