२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल-चीन रेलवेः चौथो बैठक बिहीबार



अ+ अ-

काठमाडौं । काठमाडौँ –केरुङ रेलमार्गनिर्माणका विषयमा छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्कीको नेतृत्वको टोली चीन आइपुगेको छ । नेपाली टोली सोमबार चीन पुगेको हो ।

काठमाडौँबाट छन्दू गएको नेपाली टोली छन्दूबाट चीनको सान्तोङ प्रान्तमा पर्ने पर्यटकीय स्थल छिन्तावो पुगेको छ ।

छिन्तावोबाट बुधबार अपराह्न नेपाली टोली बेइजिङ पुग्नेछ । शुक्रबार चिनियाँ पक्षसँग दुईपक्षीय बैठक बस्ने पूर्वकार्यतालिकामा केही हेरफेर भएर बिहीबार चिनियाँ पक्षसँग बैठक रहेको बेइजिङस्थित नेपाली दूतावासका मिनिस्टर सुशीलकुमार लम्सालले नागरिकलाई बताएको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।