५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोनम्यारो पीडित बालकलाई आर्थिक सहयोग



अ+ अ-

काठमाडौं । बोनम्यारो रोगबाट पीडित बालकलाई जापानस्थित नवलपरासी समाजले आर्थिक सहयोग गरेको छ । कावासोती नगरपालिका–२ निवासी ११ वर्षीय बालक निरज गौडेलको उपचारका लागि रोजगारीका सिलसिलामा नवलपरासीबाट जापान गएका नेपालीहरुको उक्त समाजले रु चार लाख २० हजार ५८६ प्रदान गरेको हो ।

समाजका सल्लाहाकार यादव केसी र महासचिव कृष्ण ढुङ्गानाको पहलमा जापानमा रहेका नवलपरासीका १३८ जनाबाट सहयोग रकम सङ्कलन गरिएको थियो । सो सहयोग रकम कावासोती नगरपालिकाका प्रमुख चन्द्रकुमारी पुनले हस्तान्तरण गर्नुभएको हो । पीडित बालक निरोजको हाल दिल्लीस्थित गङ्गाराम अस्पतालमा उपचार भइरहेको छ । दुई महीनादेखि उपचारमा रहेका उनको उपचारका लागि करीब रू ५० लाख लाग्ने जनाइएको छ । आर्थिक अभावका कारण उपचारमा समस्या भएसँगै स्थानीयस्तरमा निरोज बचाऊ अभियान नै सञ्चालन गरेर आर्थिक सङ्कलन थालिएको हो ।

उपचारका लागि हालसम्म रु १९ लाख दश हजार २३६ सङ्कलन भएको रकम सङ्कलन अभियानका सदस्य तथा मालपोत टोल विकास संस्थाका अध्यक्ष हरि न्यौपानेले बताउनुभयो । बालकको उपचारका लागि अझै रकम अभाव भएको निरजका बुबा श्रीकृष्णले बताउनुभयो । उहाँले उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैमा आग्रहसमेत गर्नुभएको छ । बोनम्यारोले काम गर्न छाडेपछि उनकी बहिनीको बोनम्यारो प्रत्यारोपणको तयारी गरिएकामा चिकित्सकले नमिल्ने बताएकाले औषधिबाटै बोनम्यारो सक्रिय गराउने प्रयास भइरहेको बुबा श्रीकृष्णले बताउनुभयो ।