
काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छली गर्ने ३ सय ३८ करदाताविरुद्ध मुद्दा दायर गरेको छ। राजस्व छलीको अनुसन्धानका आधारमा कर छली गरेको १८ अर्ब ३२ रुपैयाँ माग दाबीसहित विभागले करदाताविरुद्ध चालु आर्थिक वर्ष सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
कर छलीका ८१ कसुरमा अनुसन्धान गरी अभियुक्तलाई मुद्दा दायर गरिएको विभागमा महाननिर्देशक दीर्घराज मैनालीले जानकारी दिए। विभागले भन्सार छलेर ल्याइएको ६६.४ किलो सुनसमेत बरामद गरेको छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।












