
तनहुँ । विभिन्न मुद्दामा सजाय भोगिरहेका जिल्ला कारागार तनहुँका कैदीबन्दीलाई शौचालय जानसमेत समस्या छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा उनीहरूलाई शौचका लागि पालो कुनुपर्ने बाध्यता भएको हो । कारागारका निमित्त जेलर नारायण अधिकारीले कैदीबन्दी धेरै भएका कारण समस्या भएको बताए ।
विशेष गरी बिहानको समयमा समस्या हुने गरेको उनको भनाइ छ । ‘यहाँ क्षमताभन्दा बढी कैदीबन्दी छन्, जसले गर्दा पालो पर्खनुपर्ने बाध्यता छ,’ उनले भने । उनका अनुसार कारागारको क्षमता ३५ जनाको हो । तर, यहाँ एक सय ३३ कैदीबन्दी छन् । कारागारभित्र अहिले सातवटा शौचालय छन् । कैदीबन्दीको चाप बढी भएकाले पालो पाउनै मुस्किल छ,’ उनले भने । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।












