५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

हायात होटल बन्द



अ+ अ-

काठमाडौँ । तारागाँउ रिजेन्सी होटल लिमिटेड हायात मजदुर युनियनको आन्दोलनका कारण बन्द भएको छ । नेपाल स्टक एकसचेन्जलाई पत्र लेख्दै तारागाँउ रिजेन्सी होटल लिमिटेडसंग आवद्द अखिल नेपाल होटल संघ र क्यासिनो तथा रेष्टुँरा मजदुर संघको आन्दोलनको कारण होटल बन्द गरिएको बताइएको छ ।

अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरा मजदुर संघका महासचिव मुक्ति दाहालले व्यवस्थापनले स्वास्थ्य बीमा सुविधा कटौंती गरेको बताउँदै उच्च व्यवस्थापनमा भारतीय कर्मचारी नियुक्ती गरेपछि समस्या सुरु भएको बताए।

मजदुर संघले विभिन्न माग राखि ती मागहरुलाई पुरा गराउने उद्देश्यले व्यवस्थापनमा प्रभाव र दवाद होटलमा काम गर्दै आएका १ देखि ४ तहसम्मका श्रमिकलाई मजदुर संघले हड्ताल र नाराजुलुस गरेको कारण होटल बन्द गर्न बाध्य भएको व्योहोरा उल्लेख गरिएको छ ।

होटलका जनसम्पर्क निर्देशक गोविन्दराम परियारले मजदुर विवादका कारण होटल बन्द भएको जानकारी दिए।‘ कर्मचारीनै हड्तालमा उत्रिएपछि होटल कसरी संचालन गर्ने? ’उनले भने,’हड्ताल सुरु भएपछि हामीले यहाँका पाहुना समेत अरु होटलमा सार्यौं।’ उनका अनुसार हड्ताल भएपछि अन्तर्राष्ट्रिय स्तरमै बुकिङ बन्द भइसकेको छ।‘यो अन्तर्राष्ट्रिय चेन होटल हो। पर्यटकको सुरक्षा पहिलो प्राथमिकतामा राख्छ। त्यसैले उतैबाट बुकिङ बन्द भएको हो।’ परियारले भने।