२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सेक्सि’ सोना ४० वर्ष लागिन्



अ+ अ-

बलिउडमा सुरिलो स्वरसँगै सुन्दरी गायिकाको सूचिमा गनिने सोना महापात्रा आजबाट ४० वर्ष लागेकी छन्। ४० औं जन्मदिन मनाइरहेकी सोनाको आवाजको थुप्रै प्रशंसक छन्।

कुनै पनि विषय र घटनामा आफ्नो कुरा उनले नडराई राख्ने गरेकी छन्। गत वर्ष भारतमा सुरू भएको ‘मि टुु’का अभियानमा पनि उनले आफ्नो भनाइ नडराइ राखिन्।

यसक्रममा उनले आफूमाथि घटेका घटनाको मात्र बयानमात्र गरिनन्, सो प्रकरणमा आरोपीको पक्ष लिनेसँग पनि राम्रो टक्कर लिइन्।

सलमानसँग टक्कर

उनले यसक्रममा बलिउड सुपरस्टार सलमान खानसँग पनि टक्कर लिइन्। उनले ट्वीटर ह्यान्डलमा एक पोस्ट हाल्दै सलमानलाई ईंगित गर्दै ुम यस मान्छेलाई फलो गर्दिन र म तपाईहरूलाई यस मान्छेसँग सम्बन्धित पोस्ट मेरो टाइमलाइनमा पोस्ट नगर्नुहोलाु लेखेकी थिइन्।

त्यसैगरी उनले सुफी गायक कैलाश खेर तथा संगीतकार अन्नु मल्लिकले आफूसँग गरेको खराब व्यवहारको चर्चा गर्दै दुरब्यबहार गरेको आरोप लगाएकी थिइन्। उनको यस आरोपका कारण अन्नु मलिकले ”इण्डियन आइडियल”को निर्णायकबाट हट्नुपरेको थियो।यस घटनामा मौनता राखेको भन्दै सोनी निगमको समेत आलोचना गरेकी थिइन्।

सोना बलिउड संगीतकार राम सम्पतकी पत्नी हुन्। उनको जन्म कटक उडिसामा भएको थियो । इन्जिनियरिङ गरेकी सोनाको चर्चा आमिर खानको शो सत्यमेव जयते बाट भएको थियो । उनले एल्बम, एकल, कन्सर्ट वेबकैस्ट, बलिउड चलचित्रहरू र विज्ञापनहरूमा काम गरेकी छिन् । उनको धेरै गीतहरू हिट छन् । खासगरी अम्बरशरियाु तथा पिया रे….. गीतहरू चर्चित छन्।