२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी बेहोस हुँदा समेत शिक्षिकाले छोडेनन् मोबाइल



अ+ अ-

मोरङ । जिल्लाको एक सामुदायिक विद्यालयमा कक्षा ६ मा अध्ययन गर्ने दुई छात्रा बेहोस हुँदा शिक्षकाहरूले कुनै चासो नदिएको पाइएको छ ।

सुन्दरहरैचा नगरपालिकाको सुन्दरहरैचा–११ स्थित महेन्द्र माध्यमिक विद्यालयमा अध्ययन गर्ने छात्रा बेहोस हुँदा शिक्षिकाहरू मोबाइल चलाएर बसेका हुन् । एउटै कक्षाका विद्यार्थी पटक–पटक बेहोस हुँदा समेत उनीहरूमा कुनै चिन्ता देखिएन । सबै मोबाइल चलाउनै व्यस्त भए ।

एउटै विद्यार्थी दुईपटक बेहोस हुँदासमेत शिक्षिकाले कुनै चासो लिएनन् । प्रधानाध्यापक सुनिलकुमार झा का अनुसार कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थी दुईपटक बेहोस भइसकेका छन् भने दुईपटक एउटै कक्षाका एउटै विद्यार्थी बेहोस भएका थिए । गर्मी वा कमजोरीलका कारण विद्यार्थी बेहोस भएको हुन सक्ने झाले बताए ।

झाले बेहोस हुने विद्यार्थीको नाम भन्न चाहेनन् । विद्यालयको इज्जत र प्रतिष्ठाको विषय भएकाले स्कुलमै मोबाइल चलाउने शिक्षिकालाई आफुहरुले आन्तरिक कारबाही गर्ने बताए ।

विद्यालयमा एउटै विद्यार्थी पटक–पटक बेहोस हुन थालेपछि त्रास फैलिएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।