५ असार २०८३, शुक्रबार
,
Latest
पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा महिला सांसदलाई थप्पड हानेको आरोपमा एक जना पक्राउ



अ+ अ-

केन्या । केन्यामा आफ्नो निर्वाचनक्षेत्रमा बजेट नदिएको भन्दै रशिद कास्सिम नाम गरेका एक सांसदले फातुमा गेडी नाम गरेकी सांसदलाई आक्रमण गरेको बताइएको छ । गेडी संसद्को बजेट समितिमा सदस्य पनि भएको समाचारमा उल्लेख छ ।

आक्रमणपछिको एक फोटोमा गेडी रुँदै गरेको र उनको मुखमा रगत निस्केको देखिन्छ । उक्त फोटो सामाजिक सञ्जालमा व्यापक भएपछि यस समाचारले बढी चर्चा पाएको छ ।

पूर्वी केन्याबाट सांसदमा निर्वाचित कास्सिमले आफ्नो निर्वाचन क्षेत्रमा किन रकम विनियोजन नगरेको भन्दै गेडीसँग संसद भवनस्थित गाडी रोक्ने स्थानमा झगडा गरेको समाचारमा जनाइएको छ ।

त्यसपछि पुरुष सांसदहरुले ’थप्पड दिवस’ हो भनि महिला सहकर्मीहरूलाई होच्याएको समाचारमा जनाइएको छ । कास्सिमलाई पक्राउ गर्नुपर्ने मागसहित महिला सांसदहरू संसदबाट बाहिरिएपछि आरोप लागेका सांसद पक्राउ परेका जनाइएको छ ।