५ असार २०८३, शुक्रबार
,
Latest
पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशिने युवाहरुलाई स्वदेशमै रोक्ने हाम्रो योजना छ : गृहमन्त्री बादल



अ+ अ-

चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले देशमै रोजगारी सिर्जना गरेर विदेशिने युवाहरुलाई स्वदेशमा नै रोक्ने योजना रहेको बताएका छन् ।

रत्ननगर नगरपालिकाले आयोजना गरेको वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री थापाले देशमै उद्योग खेलेर विदेशीने युवाहरुलाई रोक्ने योजना रहेको उल्लेख गरे । उनले उक्त कार्यक्रममा बोल्दै चितवनका उद्योग र व्यवसायीको सुरक्षा सरकारले प्रदान गर्ने बताए ।उद्योग र व्यवसायीको सुरक्षा जिम्मा सरकारको रहेको भन्दै ठुक्क भएर लगानी गर्न आग्रह गरे ।

उद्योगको विकास नभएसम्म बेरोजगारी अन्त्य नहुने भन्दै गृहमन्त्री थापाले औधोगिक क्षेत्रको विकास गरी रोजगार सिर्जना गर्ने योजनामा सरकार रहेको दावी गरे ।

मेलामा रत्ननगर उद्योग बाणिज्य संघ, चितवन उद्योग संघ, क्षेत्रीय होटल संघ सौराहा, रेष्टुरेन्ट एण्ड बार एसोसियशन सौराहा, निर्माण व्यवसायी संघ, भवन निर्माण व्यवसायी संघ पूर्वी चितवन, पूर्वी चितवन कुखुरा व्यवसायी संघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका संस्थाका अधिकारीहरु मेलामा उपस्थित हुने छन् ।

मेलामा वृत्ति विकाससम्बन्धी परामर्श सेवा तथा जानकारी, सीपमूलक तालिम दिने संस्थाहरुको प्रदर्शनी र तालिमबारे जानकारी, रोजगारसम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने रत्ननगर नगरपालिकाका मेयर नारायण वनले जानकारी दिए । त्यस्तै मेलामा निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालिमहरु सम्बन्धी जानकारी दिइने, रोजगारको अवसर प्राप्त गर्न सकिने, स्थानीय उत्पादनहरु प्रदर्शनी गरिएको छ ।

रोजगार मेलामा २५०० देखि ३००० जनासम्मको सहभागिता रहने अनुमान गरिएको छ । मेलामा १ हजार ५०० युवाहरुले वृत्ति परामर्श सेवा प्राप्त गर्ने दावी नगरपालिकाको छ । साथै मेलामै १ सय ५० देखि २ सय जनालाई विभिन्न उद्योगहरुमा प्रत्यक्ष रोजगार पाउने मेयर नारायण वनले बताए ।