५ असार २०८३, शुक्रबार
,
Latest
पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरको मतपत्र च्यातेको प्रकरणमा माओवादी कार्यकर्ता दोषी ठहर



अ+ अ-

चितवन । तत्कालीन माओवादी केन्द्रका कार्यकर्ता द्रोणबाबु शिवाकोटी र मधु न्यौपाने स्थानीय तह निर्वाचनका बेला भरतपुर महानगरपालिकामा मतपत्र च्यातेको घटनामा कसुरदाता ठहरिएका छन् । चितवन जिल्ला अदालतले बिहीबार उनीहरुविरुद्ध दोषी ठहर भएको फैसला सुनाएको हो ।

मुद्दा दर्ता भएर थुनछेक आदेश भएको दुई वर्ष नाघेपछि बिहीबार उक्त मुद्दामा पहिलो पटक बहस भएको थियो ।

जिल्ला अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले ०७४ जेठ १४ गते राति मतपत्र च्यातेको आरोपमा मुद्दा चलेका दुई व्यक्तिलाई कसुर निर्धारण गर्ने गरी फैसला गरेको छ ।

निर्वाचन कसुर तथा सजायँ ऐन ०७३ अनुसार सजायँ तोकिन लागेको चितवन अदालतले जनाएको छ । २६ औं पटकको पेशीमा चितवन अदालतको सो निर्णय लिएको हो ।

उनीहरुको सजाय भने निर्धारण भएको छैन । मुद्दामा सरकार पक्षले एक लाख रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय मागेको छ । सजाय निर्धारणका लागि भने असार ५ गतेलाई पेसी तोकिएको छ ।

तत्कालीन समयमा भरतपुर महानगरको निर्वाचनमा मेयर पदमा प्रतिस्पर्धी रेनु दाहाल र देवी ज्ञवालीबीच मतान्तरको विषयमा रेनु दाहाल पक्षका मत गणनामा सलंग्नहरुले मत पत्र च्यातेका थिए । कुल २९ वटा वडाहरु रहेको भरतपुरमा वडा नं.१९ को मत गनेर लगभग सकिन लागेको थियो । गन्न बाँकी २० वडा मात्रै रहन्थ्यो । त्यस्तो अवस्थामा मतपत्र च्यातिएको थियो ।

मतपत्र च्यातिएपछि भरतपुर–१९ मा साउन २० मतदान भएर परिणाम घोषणा गर्नु परेको थियो । सो निर्वाचनमा कांग्रेस माओवादी केन्द्र गठवन्धनकी उम्मेदवार रहेकी रेनु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई २०३ मतले हराएर मेयर निर्वाचित भएकी थिइन् ।

मतदानको विषयमा सर्वोच्च अदालतले नै टुंगो लगाएको थियो । त्यसैले चितवन जिल्ला अदालतबाट भएको यो आदेशले निर्वाचन परिणाम कुनै असर पर्दैन ।