५ असार २०८३, शुक्रबार
,
Latest
पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाजिरी जमानीमा छुटे युट्युबर प्रनेश गौतम



अ+ अ-

काठमाडौं । ‘साइबर क्राइम’को अभियोगमा थुनामा रहेका प्रनेश गौतम रिहा भएका छन् । गौतमलाई बिहिबार राति दैनिक प्रहरीको सम्पर्कमा रहने गरी रिहा गरिएको हो ।

नेपाल प्रहरीको अपराध महाशाखाका प्रमुख सहकुल थापाले गौतमलाई हाजिरी जमानीमा रिहा गरेको जानकारी दिए ।

उनी शुक्रबार बिहान पुनः प्रहरीसँगको सम्पर्कको लागि प्रहरी कार्यालय गएको प्रहरीले जनाएको छ ।

गत शुक्रबारदेखि प्रहरी हिरासतमा रहेका गौतमलाई चलचित्र ‘वीर बिक्रम २’को भिडियो समीक्षा गरेका कारण निर्देशक मिलन चाम्सको उजुरी दिएका थिए ।

चाम्सले आफ्नो फिल्म वीरविक्रम–२ को समीक्षा बिगारेर गौतमले मेमे नेपाल नामक युट्युब च्यानलमा प्रकाशित गरेको आरोप लगाएर उजुरी दिएको बताइएको छ । विशुद्ध फिल्म समीक्षालाई लिएर नियन्त्रणमा लिइएको भन्दै यतिबेला प्रहरी कदमको आलोचना भइरहेको छ । यसैलाई लिएर राजधानीमा बुधबार प्रदर्शनसमेत गरिएको थियो ।

तर, निर्देशक चाम्सले यसको खण्डन गरेका छन् । आफ्नो मानहानी गरेकाले आफू युट्युबरविरुद्ध कारवाही माग गर्दै प्रहरीको शरणमा पुगेको उनको भनाइ छ ।

यता साइबर क्राइम अभियोगमा उनीमाथि प्रहरीले अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बिहीबार नै पठाइसकेको छ। सरकारी वकिल कार्यालयको प्राप्त निर्देशन अनुसार प्रहरीले मुद्दाको प्रक्रिया अघि बढाउनेछ।

यो पनि पढ्नुहोस् 

http://newspolar.com/2019/06/95684
http://newspolar.com/2019/06/95849