५ असार २०८३, शुक्रबार
,
Latest
पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न संसदीय समितिको निर्देशन



अ+ अ-

काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न सिफारिस गरेको छ ।

काठमाडौंको तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माण ठेक्का लिएको पप्पुले पुलको काम अघि नबढाउन निर्देशन दिँदा–दिँदै पनि अटेर गरी काम अघि बढाएको भन्दै कारवाही गर्न निर्देशन दिएको हो ।

शुक्रबार बसेको समिति बैठकले उक्त निर्माणाधीन पुलमा त्रुटि देखिएको बताएको छ । बैठकले काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले समस्या समाधान गरेर मात्र काम अघि बढाउन यसअघि निर्देशन दिएको थियो ।

यसअघि समिति सभापति कल्याणी खड्का नेतृत्वको टोलीले पुल निर्माणबारे स्थलगत अध्ययन गरेको थियो । स्थलगत अध्ययनपछि समितिले पुल ठेक्का लिने निर्माण व्यावसायीलाई कारवाही गर्न निर्देशन दिएको हो ।

ठेक्का ओगटै समयमा काम नसक्ने, निर्माण गरेका पूर्वाधार गुणस्तरहीन भएको सर्वजनिकपछि सरकारले पप्पु कन्स्ट्रक्सनमाथि छानबिनसमेत गरेको थियो । सबैभन्दा धेरै पुलको ठेक्का लिएर समयमै नसक्नेमा पप्पु कन्स्ट्रक्सन पर्छ ।