५ असार २०८३, शुक्रबार
,
Latest
पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनाइटेडले ग्रिजमनका लागि लुकाकु र पोग्वालाई रिलिज गर्दै



अ+ अ-

बार्सिलोनाको हातबाट हिरा फुस्कदै

काठमाडौं । एट्लेटिको मड्रिडबाट बार्सिलोना जाने तयारीमा रहेका एन्टोइन ग्रिजमन म्यानचेस्टर युनाइटेड जाने हल्ला चुलिन थालेको छ ।

बार्सिलोनाले ग्रिजमनलाई अनुबन्धका लागि पहल गरे पनि सफल नभएपछि युनाइटेडले आँखा लगाएको हो । जसका लागि युनाइटेडले रोमेलु लुकाकु र पउल पोग्वालाई रिलिज गर्ने तयारी गरेको छ ।२८ वर्षे ग्रिजमनले आफ्नो भविष्य स्पेनभन्दा बाहिर रहनसक्ने बताएपछि उनी युनाइटेड आउन चाहेको आशंका गरिएको हो ।

संचार माध्यमहरुका अनुसार ग्रिजमनलाई पनि म्यान्चेस्टर अनुबन्ध गर्ने लक्ष्यमा रहेको छ । ग्रिजमनलाई युनाइटेडले ९५ मिलियन पाउण्डमा क्लबमा ल्याउने तयारीमा लागेको छ ।

विश्वकप विजेता फ्रान्सेली स्ट्राइकर ग्रिजमनलाई बार्सिलोनामा अनुबन्ध हुनु अगाडि नै मोटो रकममा आफ्नो क्लबमा तान्ने योजनामा युनाइटेडका प्रशिक्षक गुनर लागेका छन् ।

युरोकप छनोट अन्तर्गत एन्डोरा विरुद्धको खेलमा चार शून्यको जित निकालेपछि मिडियासँगको कुराकानीमा उनले आफू कहाँ जादैछु भन्ने थाहा भएको तर यसको निकास चाँडो भएमा झन राम्रो हुने भन्ने कुरा बताएका थिए ।