७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानका विदेशमन्त्री बग्दादमा



अ+ अ-

बग्दाद । ओमानका विदेश मन्त्री युसुफबिन अलावी इराक भ्रमणका लागि बुधबार बग्दाद आइपुग्नुभएको छ । उहाँले इराकी नेताहरुसँग दुई मुलुकबीचका साझा मुद्दाहरुका साथै मध्यपूर्वमा जारी तनाबलाई मत्थर पार्ने विषयमा छलफल गर्नुहुनेछ ।

इराकी राष्ट्रपति बरहाम सालिहसँग पनि उहाँले भेटवार्ता गर्नुभएको छ । इराकी राष्ट्रपतिको कार्यालयले दुई नेताबीच इराक र ओमानले क्षेत्रीय मुद्दाहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विषयमा साझा धारणा बनाएको जनाएको छ ।

ओमानका विदेश मन्त्री अलावीले आफ्नो इराक भ्रमणले दुई मुलुकबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउन योगदान गरेको बताउनुभएको थियो ।

विदेश मन्त्री अलावीले इराकी प्रधानमन्त्री अदेल अब्दुल माहदीसँग पनि भेटवार्ता गर्नुभएको थियो । साथै उहाँले इराकी सभामुख मोहम्मद अल–हलबौसी, विदेश मन्त्री मोहम्मद अल–हकिम सहित प्रभावशाली सांसद र सरकारी उच्च पदाधिकारीसँग भेटघाट गर्नुभएको छ ।

संयुक्तराज्य अमेरिकाले इरानमाथि कडा नाकाबन्दीको घोषणासँगै मध्यपूर्वका मुलुकमा भड्किन सक्ने सम्भावित द्वन्द्वलाई विचार गरी अमेरिकाले नौसैनिक जहाज तैनाथ गरेकै समयमा ओमानी नेताले इराक भ्रमण गर्नुभएको छ ।

खासगरी सम्भावित इरानी आक्रमणलाई निस्तेज पार्न अमेरिकाले पछिल्ला दिनमा सैनिक उपस्थिति क्षेत्रमै बलियो बनाएको छ ।