५ असार २०८३, शुक्रबार
,
Latest
पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत स्याङ्जामा सवारी दुर्घटना हुँदा ५ जना घाइते, २ जनालाई पोखरा रिफर सरकारका नीति र निर्णय जनहितविपरीत छन्, सदन र सडकबाट आवाज उठाउँछौँः संयोजक दाहाल चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो : सञ्चारमन्त्री डा. तिमिल्सिना सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

७२ घरपरिवारलाई खानेपानी वितरण



अ+ अ-

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–५ च्यासिङखर्कका उच्च भेगमा रहेको ७२ घरपरिवारलाई खानेपानी वितरण गरिएको छ ।

खानेपानीको चरम अभाव रहेको त्यहाँका खलङ्गाडाँडा, लुङसुरडाँडा, कामीडाँडा र च्याल्टीलगायतका बासिन्दाका लागि परोपकार प्राथमिक उपचार केन्द्रको आयोजना र ग्रामीण खानेपानी सरसफाइ कोष विकास समिति ९फण्डबोर्ड० को आर्थिक सहयोगमा च्यासिङखर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत खानेपानी आयोजना सम्पन्न गरेपछि मङ्गलबार उद्घाटनपश्चात समुदायलाई हस्तान्तरण गरिएको हो ।

खानेपानी आयोजनाको उद्घाटन गर्दै प्रदेश सांसद बसुन्धरा हुमागार्इंले समृद्धिको मुख्य आधार अर्थोपार्जन भएको र त्यसका लागि च्यासिङखर्कको कामीडाँडा निकै सम्भावना बोकेको क्षेत्र भएकाले अब खानेपानी उपलब्धसँगै तरकारी खेती गरी अर्थोपार्जनमा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा खानेपानी तथा सरसफाइ कोष विकास समितिका सामाजिक संसाधन विकास महाशाखा प्रमुख टीका अधिकारीले खानेपानी उपलब्ध भएपछि सरसफाइदेखि बालबच्चाको स्वास्थ्य र खाद्यान्नमा सुधार गर्दै सुखी जीवनयापन गर्नमा ध्यान दिन आग्रह गर्नुभयो । परोपकार प्राथमिक उपचार केन्द्रका अध्यक्ष डा सङ्ग्रामसिं लामाले समुदायको अर्थपूर्ण सहभागिताबाट नै खानेपानी आयोजना सम्पन्न भएको उल्लेख गर्दै सहयोगी संस्था रहुन्जेल चल्ने र संस्था गएपछि योजना पनि तहसनहस हुने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

सो वडाका खलङ्गाडाँडाका स्थानीय बासिन्दा सनीमाया तामाङले वर्षौदेखि झेल्दै आएको खानेपानी अभाव अहिले आएर पूरा भएकामा खुशी व्यक्त गर्नुभयो ।
अब खानेपानी ओसार्नकै लागि समय छुट्याउने दिन गएको उहाँले बताउनुभयो । पहिला पानी अभावकै कारण वस्तुभाउसमेत धेरै पाल्न नसकेको उहाँको भनाइ छ । अर्का स्थानीय बासिन्दा जगतबहादुर तामाङले आउने÷जाने गर्दा तीन घण्टा हिँडेर घरदेखि तलको सिमसिमखोलाबाट पानी उपलब्ध गराएकामा अब आँगनमै पानी आएपछि धेरै सहज भएको बताउनुभयो ।

करीब पाँच किलोमिटर टाढा रहेको महाभारत लेकबाट पानी ल्याई सो भेगका ७२ घरपरिवारलाई स्थानीय जनश्रमदानसहित गरी करीब रु ५२ लाखको लागतमा सो खानेपानी उपलब्ध गराइएको छ ।