५ असार २०८३, शुक्रबार
,
Latest
पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत स्याङ्जामा सवारी दुर्घटना हुँदा ५ जना घाइते, २ जनालाई पोखरा रिफर सरकारका नीति र निर्णय जनहितविपरीत छन्, सदन र सडकबाट आवाज उठाउँछौँः संयोजक दाहाल चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो : सञ्चारमन्त्री डा. तिमिल्सिना सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवराजको सन्यासपछि पूर्व प्रेमिकाले के भनिन् ?



अ+ अ-

काठमाडौं । भारतीय क्रिकेट खेलाडी युवराज सिंहले क्रिकेट करिअरबाट सन्यासको घोषणा गरेका छन् ।

युवराज सिंहले नयाँ दिल्लीमा कार्यक्रम गर्दै सन्यासको घोषणा गरेका हुन् । सन् २०११ को विश्वकप भारतले जित्दा प्लेयर अफ द टुर्नामेन्ट घोाषित भएका युवराज पछिल्लो समयमा टिम बाहिर थिए । विश्वकप २०१९ खेलेर सन्यास लिने तयारीमा रहेको युवराज टिममा परेका थिएनन् ।

क्रिकेटलगायत सिनेमा जगतका व्यक्तित्वले युवराजलाई नयाँ इनिङका लागि बधाई दिँदै उनका शानदार यात्रालाई याद गरे । युवराजलाई बधाई दिनेमा अनुष्का शर्मा, वरुण धवन, अनुपम खेरजस्ता सेलिब्रिटी समावेश छन् । साथै, उनकी पूर्व प्रेमिका किम शर्माले पनि युवराजलाई नयाँ इनिङको बधाई दिइन् ।

युवराज सिंहको अवकाशमा उनकी श्रीमती हेजेलले इन्स्टाग्राममा पत्रकार सम्मेलनका बेला खिचिएको युवराज सिंहको एउटा तस्बिर सेयर गर्दै क्याप्सनमा लेखे, ‘र यससँगै एउटा युगको अन्त्य भएको छ । तपाईंले आफैंलाई गर्व गर्नुपर्छ । अब अर्को अध्यायतर्फ बढ्छौं । धेरै माया ।’ किम शर्माले लेखिन्, ‘सधैं चम्किरह, मायालु जोडी ।’

हेजलको पोष्टमा कमेन्ट गर्दै बलिउडका विभिन्न सेलिब्रिटीले युवराजलाई बधाई दिए । स्मरण रहोस्, किम शर्मा र युवराज सिंह लामो समयसम्म सम्बन्धमा थिए । यी दुईको विवाहसमेत हुने चर्चा थियो तर युवराजकी आमाले उनीहरुको सम्बन्ध अस्विकार गरेपछि यी दुईबीच दरार आएको थियो ।

अनुष्का शर्माले युवराजको पोष्टमा उनलाई वारियर ९योद्धा० भनिन् । अनुष्काले सबै यादका लागि धन्यवाद दिँदै उनलाई एक योद्धा र मानिसहरुको लागि प्रेरणा बताए ।

यस्तै, नायक वरुण धवनले ट्वीटरमा युवराजको एउटा तस्बिर सेयर गर्दै युवराजलाई राम्रो याद दिलाएको र खेलका महान एम्बेसडर रहनका लागि धन्यवाद दिए ।

सन् २०१७ मा इंग्ल्यान्डविरुद्ध उनले लाष्ट टी–२० क्रिकेट खेल खेलेका थिए । त्यसयता उनी टिममा पर्न असफल हुँदै आएका थिए । उनले भारतीय टिमबाट ३०४ एकदिवसीय खेलमा ८ हजार ७०१ रन बनाएका छन् ।

युवराजले आफ्नो एकदिवसीय करिअरमा १४ शतक र ५२ अर्शतक बनाएका छन् । त्यस्तै, ५८ टी२० क्रिकेट खेलमा एक हजार १७७ रन बनाउँदा ८ अर्धशतक बनाएका छन् । यता, टेष्ट क्रिकेटमा युवराजले ४० खेलबाट एक हजार ९०० रन बनाउँदा तीन शतक र ११ अर्धशतक बनाएका छन् ।

युवराज त्यस्ता खेलाडी हुन् जसले क्यान्सर जस्तो रोगलाई पनि जित्दै आफ्नो क्रिकेट करिअरमा फर्किन सफल भए ।