२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमानको भारतले भारतमा तहल्का मच्चाउदै



अ+ अ-

काठमाडौं । सलमान खानको चलचित्र ‘भारत’ ले प्रदर्शनको पहिलो सातामै १५० करोडमाथिको कमाइ सकेको छ ।

सलमान खानसँगै कट्रिना केफको मुख्य भूमिका रहेको चलचित्रमा सलमान खान पाँच फरकफरक अवतारमा देखिएका छन् ।

गएको बुधबार प्रदर्शनमा आएको चलचित्रले पाँचौ दिन २७.९० करोड भारु कमाएको छ । जस अनुसार, चलचित्रले पहिलो सप्ताहन्तमा १५० दशमलव १० करोडको व्यापार गरिसकेको छ ।

चलचित्रमा सलमान खान र कट्रिना केफका साथै सुनील ग्रोवर, दिशा पटनी, तब्बु, नोरा फतेही, ज्याकी श्राफलगायतका कलाकारको अभिनय रहेको छ । ‘भारत’ कोरियन भाषको फिल्म ‘ओड टु माई फादर’ को हिन्दी रिमेक हो ।

भारतीय ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार ‘भारत’ ले प्रदर्शनको पहिलो दिन बुधबार ४२.३० करोड, बिहीबार ३१ करोड, शुक्रबार २२.२० करोड, शनिबार २६.७० करोड, आइतबार २७.९० करोड अर्थात् जम्मा १५० दशमलव १० करोड भारुको गरिसकेको छ ।

चलचित्रमा सलमान खान ‘भारत’ नाम गरेका एक युवा अवस्थाको व्यक्तिदेखि ७० वर्षीय वृद्धसम्मको पाँचवटा भिन्न भिन्न अवतारमा देखिएका छन् ।

सन् १९४७ मा भारत र पाकिस्तान छुट्टिने बेलाको त्रासदीपूर्ण समयको भागदौडमा आफ्ना बुबा र सानी बहिनी गुमाएका ‘भारत’ ले आफ्ना परिवारका जिम्मेवारी कसरी उठाउँछन् र हराएका बुवा र बहिनीको खोजी गर्दाको संघर्षलाई चलचित्रमा चित्रण गरिएको छ ।




भर्खरै