२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरिँदै उपत्यकाको अपराध ट्रेन्ड : साइबर र आर्थिक अपराध बढ्यो, गुन्डागर्दी घट्यो



अ+ अ-

काठमाडौं । उपत्यकाभित्र अपराधको ‘ट्रेन्ड’ बदलिएको प्रहरीको पछिल्लो तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार गुन्डागर्दी घटेका छन् भने विद्युतीय माध्यम र बैंकिङ कारोबारसँग सम्बन्धित अपराध ह्वात्तै बढेका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार पाँच वर्षअघि ०७१/७२ मा उपत्यकाभित्र बैंकिङ कसुरसँग सम्बन्धित १७ मात्रै मुद्दा दर्ता भएका थिए । तर, चालू वर्षको वैशाख मसान्तसम्म मात्रै यस्ता एक हजार सात सय ५८ मुद्दा दर्ता भएका छन् । त्यस्तै विद्युतीय कारोबारसँग सम्बन्धित मुद्दा पाँच वर्षअघि २८ वटा मात्रै दर्ता भएकोमा अहिले पाँच गुणा बढेर एक सय २१ पुगेको छ ।

गुन्डागर्दी तथा व्यक्ति अपहरणका घटना भने ठप्पजस्तै भएका छन् । पाँच वर्षयता व्यक्ति अपहरणका कुनै पनि मुद्दा दर्ता नभएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । संगठित प्रकृतिका अपराधको उजुरी पनि शून्यमा झरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।