२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अतिक्रमण भएको जग्गा फिर्ता गर्दै महानगर



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरको ३२ वटै वडाले अतिक्रमणमा परेका सार्वजनिक जग्गा फिर्ता ल्याउन थालेका छन् । महानगरका वडाहरूले एक सय ४६ रोपनी जग्गा फिर्ता ल्याइसकेका छन् । सबैभन्दा बढी वडा ३ ले ६४ रोपनी ८ पैसा अतिक्रमित जग्गा सरकार मातहत ल्याएको छ ।

वडाले सुकुमबासी बस्ती रहेको १६ रोपनी जग्गा पहिचान गरी उनीहरूलाई हटाउने काम पनि सुरु गर्न लागेको छ । यी जग्गा सरकारमातहत ल्याउन तयारी थालिएको वडाध्यक्ष दीपक केसीले बताए ।

त्यस्तै, एक सय ३६ रोपनी अव्यवस्थित सरकारी जग्गा पहिचान गरी त्यसमा व्यवस्थित पार्कसमेत बनाइसकेको छ । वडा ३ मा काठमाडौं अस्पतालले ओगटेको ६ आना, बाँसबारीमा रहेको विश्वहिन्दू महासंघले मिचेको २४ रोपनी १२ आना, गायत्री परिवार नामक संस्था रहेको बाँसबारीस्थित ४२ आना सार्वजनिक गरिसकेको छ । वडा ४ ले पनि विभिन्न व्यक्ति र संस्थाले हडपेको ६० रोपनी जग्गा महानगरमातहत ल्याएको समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।