२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

असारमा ऐतिहासिक चलचित्र ‘कीर्तिपुर’ रिलिज हुने



अ+ अ-

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा आधारित रही निर्माण गरिएको ऐतिहासिक चलचित्र ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ को रिलिज मिति तय गरिएको छ । निर्माण टिमले यो फिल्म आउँदो असार १३ गतेदेखि प्रदर्शन हुने जनाएको छ ।

यो चलचित्रका निर्देशक प्रदिप खड्गी हुन् । फोकस पिक्चर्सको ब्यानरमा ५ वर्षअघि नै निर्माण थालिएको बल्ल रिलिज हुन लागेको छ ।


साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित चलचित्र ‘कीर्तिपुर’ ८ वर्ष देखिको अध्ययन र सम्बन्धित व्यक्तित्वस“गको समन्वयमा निर्माण गरिएको चलचित्र हो ।

निर्देशक प्रदिपले भने–‘आफू किर्तिपुरबासी भएको नाताले पनि किर्तिपुर आक्रामको घटनालाई चलचित्रकरण गर्न सफल भएको छु ।’

चलचित्रमा पुरानै जीवनशैली, भौतिक संरचना तथा परिवेश सन्तुलित गर्न थप समय लागेको कला निर्देशक केके मानन्धरले जानकारी दिए ।

फिल्ममा भीएफएक्स प्रविधिको प्रयोग गरिएको छ । यस्तै चलचित्रको शीर्ष भूमिकामा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित आदि कलाकारहरु छन् भने विरेन्द्र ताम्राकार कार्यकारी निर्माता, प्रेम खड्गी तथा अनन्त श्रेष्ठ निर्माताका रुपमा रहेका छन् । यस्तै चलचित्रमा शंकर महर्जन र नविन जोशीले चलचित्रको छायांकन देख्न सकिनेछ ।

विरेन्द्र ताम्राकार कार्यकारी निर्माता रहेको चलचित्रमा प्रेम खड्गी तथा अनन्त श्रेष्ठको लगानी छ । शंकर महर्जन र नविन जोशीले यो चलचित्र खिचेका हुन् । पृथ्वीनारायण शाहको नेपाल एकिकरणका क्रममा भएका घटनाक्रमलाई प्रभावशाली ढंगले चित्रण गरिएको यो चलचित्रलाई अहिले आएर गृह मन्त्रालयले पनि प्रदर्शनको अनुमति दिएको निर्माणपक्षले बताएको छ । चलचित्रे सेन्सर बोर्डबाट यूनिभर्सल सर्टिफिकेट पाएको छ ।