२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमान खानको फिल्म ‘भारत’ ले नेपालमा उच्च शो पायो



अ+ अ-

ईदको अवसर पारेर बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’ बुधवार नै रिलिज भएको छ ।

मंगलवार नै अग्रिम बूकिङ खुल्ला गरिएको सलमान खानको फिल्म ‘भारत’ ले नेपालमा उच्च शो पाएको छ ।

तर बुधबार रिलिज गर्ने उक्त कार्यको नेपाल निर्माता संघले विरोध जनाएको थियो ।

वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्टले बुधबार नै रिलिज गर्न पाउनुपर्ने भन्दै जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेर जितेको थियो। यो फैसलासँगै विदेशी फिल्म जुनसुकै दिन रिलिज गर्ने सकिने बाटो खुलेको छ। अन्य बार विदेशी फिल्म रिलिज हुँदा नेपाली फिल्मको ब्यापारमा हानी हुने भन्दै निर्माता संघले विरोध जनाएको हो।

संघका महासचिव रोज राणा हस्ताक्षरित विज्ञप्तीमा नेपालका चारवटा ठूला चाडपर्व९दशै, तिहार, तिज र नयाँ बर्ष०का निश्चित बिदाका दिन बाहेक अन्य मितिमा अनिवार्य रुपमा चलचित्र शुक्रबार मात्र प्रदर्शन गरिनुपर्ने नियम र पद्धती रहेको बताइएको छ। सोही अनुसार चलचित्र प्रदर्शन हुँदै आएकोमा केही दिनयता नेपाल चलचित्र संघका सदस्यबाट चलचित्रको प्रदर्शनलाई असरपार्ने मनसायबाट एक विदेशी चलचित्र उल्लेखित पद्धती र प्रावधानको विपरित शुक्रबार अगावै प्रदर्शन गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरेको सुन्नमा आएको हुँदा यसमा संघको गम्भिर ध्यानाकर्षण भएको बताइएको छ।

भनिएको छ, ‘चलचित्रको प्रदर्शनलाई आफ्नै प्रक्रिया र पद्धतीबाट व्यवस्थित गर्नुको ध्येय विशुद्ध रुपमा स्वदेशी चलचित्रलाई पहिलो प्राथमिकतामा राखी कुनैपनि भाषाका चलचित्रहरुलाई सर्वसुलभ रुपमा प्रदर्शन हुने पद्धती र परिपाटिको विकास गर्नु रहेको हुँदा नेपाल चलचित्र संघ सम्पूर्ण सरोकारवाला निकाय र सम्बन्धित पक्ष समक्ष शुक्रबार मात्र चलचित्र प्रदर्शन गरिनुपर्ने प्रावधान लागू गराउन जोडदार अपिल गर्दै ध्यानाकर्षण गराउँदछ।’

सलमान खानको फिल्म ‘भारत’ भारतमा ४ हजार स्किृनमा लागिरहेको छ । नेपालमा पनि यो फिल्मले राम्रो चर्चा कमाएको छ ।

फिल्ममा सलमान खानका अलावा, क्याटरीना कैफ, दिशा पटानी, सुनील ग्रोबर लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ । यो फिल्मले भारत र पाकिस्तानको सम्बन्धलाई देखाएको छ ।