२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय वायुसेनाको विमान चीनको आकास नजिकै बेपत्ता



अ+ अ-

काठमाडौं । चीनसँग सीमा जोडीएको अरुणाञ्चल प्रदेशबाट भारतीय वायुसेनाको विमान बेपत्ता भएको छ । चीनको सीमा नजिकैबाट विमान बेपत्ता हुँदा धेरैले चीनमाथि शंका गरेका छन् ।

आठ चालक दलका सदस्य र ५ यात्रु रहेको भारतीय वायुसेनाको एएल ३२ विमान आसामको जोरहाटबाट अरुणाञ्चलका लागि सोमबार १२ बजेर २५ मिनेटमा उडेको र दिउँसो १ बजे उक्त स्थानबाट बेपत्ता भएको बताइएको छ । रक्षा मंत्रालयले चालक दलसँग १ बजे अन्तिम सम्वाद भएको बताएको छ ।

विमानको खोजिका लागि सबै संयन्त्र प्रयोग गरिएपनि अहिलेसम्म कुनै पत्ता लागेको छैन् । इंडो-तिब्बती सीमा पुलिस, सिमाना सडक संगठनलार्इ खोजीका लागि सुचना गरिएको छ । एजेन्सी