२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा रस्साकस्सीः प्रचण्डलाई पोखरेलको चुनौती



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया गाउँ तहसम्म नपुग्दै शीर्ष नेताहरुमा महाधिवेशनको रन्को देखिन थालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले बारम्बार एक वर्षभित्र जिल्ला अधिवेशन र त्यसपछि पार्टी महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन् ।

सार्वजनिक कार्यक्रममै उनले जिल्ला अधिवेशन एक वर्षभित्र हुनुपर्ने र त्यसका लागि कार्यकर्तालाई वैचारिक बहस गर्नसमेत निर्देशन दिएका छन् ।

अबको एकवर्षभित्र जिल्ला अधिवेशन सकेर केन्द्रीय महाधिवेशन केन्द्रित हुने अध्यक्ष दाहालको धारणा र पार्टी अध्यक्षलाई कार्यकारी बनाउने विषय उठ्न थालेपछि शीर्ष तहका नेताहरु महाधिवेशनमा आफ्नो अवस्था वैचारिक ÷राजनीतिक रुपमा सुदृढ बनाउन लागिपरेका छन् । सचिवालय सदस्य ईश्वर पोखरेलले अध्यक्ष दाहालको धारणासँग असहमति राख्दै आएको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।