२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनौठो चलन : अनुहारमा सुन्दरता बढाउन ‘थप्पड थेरापी’



अ+ अ-

एजेन्सी । संसारमा सुन्दरता बढाउनका लागि मानिसहरुले अनेक खालका उपायहरू अपनाउँछन्। यस्तै दक्षिण कोरियामा मानिसको अनुहारको सुन्दरता बढाउनका लागि थप्पड हान्ने चलन रहेको छ ।हो, थप्पड हानेर अनुहारको सुन्दरता बढाउने त्यो विधिलाई थप्पड थेरापी अर्थात् ‘स्लाप थेरापी’ भनिन्छ, जुन दक्षिण कोरियामा निकै लोकप्रिय छ ।

दक्षिण कोरियाली महिलाले सदियौंदेखि सुन्दरता बढाउन यो थप्पड थेरापीको प्रयोग गर्दै आएका छन् । जसअनुसार महिलाहरू आफ्नो सुन्दरता बढाउनका लागि हरेक दिन आफ्नो गालामा ५० थप्पड हान्ने गर्दछन् ।

यसरी गालामा थप्पड खानाले अनुहारको छालामा निखार आउने र पहिलेभन्दा सुन्दर बन्ने आम विश्वास छ । यो थेरापीमा जब गालामा हल्का थप्पड हानिन्छ तब अनुहारका हरेक हिस्सामा ताजा रगतको बहाव बढ्दछ । यसले छाला सफा गर्न मद्दत गर्दछ र अनुहारमा चमक आउँछ ।

हुनत थप्पड थेरापीको अर्थ कसैको अनुहारमा जोडसँग हिर्काउने होइन । यसमा विस्तारै हल्का हातले गालामा थप्पड हानिन्छ । महिलाहरू आफ्नै हातले आफ्नो गालामा थप्पड हानेर यो थेरापी गर्न सक्दछन् । यसमा दुईवटा हातले दुई गालमा छिटो छिटो हल्का थप्पड मार्नुपर्दछ ।

दक्षिण कोरियामा प्राचीन कालदेखि नै प्रचलित यो थेरापी अहिले कोरियाली संस्कृतिको फैलावट सँगै विश्वव्यापी बन्न थालिसकेको छ ।

दक्षिण कोरियामा महिलाहरूले बच्चैदेखि यो थेरापीको प्रयोग गर्दै आएका हुन्छन् । महिला मात्र होइन पछिल्लो समय पुरुषहरूले पनि थप्पड थेरापी प्रयोग गर्न थालेका छन् । यसलाई एन्टी एजिङ थेरापी पनि भन्ने गरिएको छ ।