५ असार २०८३, शुक्रबार
,
Latest
सरकारद्वारा १० मेगावाटसम्मका जलविद्युत् परियोजनाको पीपीए खुला, साना तथा मझौला आयोजनामा लगानी प्रवर्द्धन गर्ने लक्ष्य बैंकिङ संकट व्यवस्थापनका लागि राष्ट्र बैंकलाई ‘एकै रातमा निर्णय गर्ने’ विशेष अधिकार आवश्यक छ: गभर्नर… कक्षा १२ को नतिजा ४० दिनमै सार्वजनिक, सुशासन र शैक्षिक सुधारको महत्वपूर्ण उपलब्धि हाे: शिक्षामन्त्री… गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेक्सिकोबाट जापान उडेको जहाजमा यात्रुको मृत्यु, पेटमा भेटियो २४६ कोकिनका थैली



अ+ अ-

काठमाडौं । मेक्सिको सिटीबाट उडेको एक जहाजमा सवार एक जापानी व्यक्तिको मृत्यु भएको छ । मेक्सिको अधिकारीका अनुसार ती व्यक्तिले २४६ थैली कोकिन निलेपछि उनको मृत्यु भएको थियो ।

सोनोराको सरकारी अधिवक्ताले जारी गरेको विज्ञप्ती अनुसार थैली २.५ सेन्टीमिटर लम्बाई र १ सेन्टिमिटर चौडाईका थिए । पोष्टमार्टमका क्रममा उनको पेट र आन्द्रामा ती थैली भेटिएका थियो ।

विमान जापानको नारिता अन्तराष्ट्रिय विमानस्थलको लागि उडेको थियो । कोकिनको असरले व्यक्ति जहाज उडेको केही पछिनै बेस्कन काम्न थालेका थिए । त्यस पछि विमान मेक्सिकाको सोनोरा राज्यमा आकस्मिक अवतरण गराइएको थियो ।

अधिकारीका अनुसार यूडो एन नामले परिचित ती व्यक्तिमा ड्रग्सको अत्यधिक डोजको कारण हुने सेरेर्बल इडेमा भएको थियो । त्यसैले उनको मृत्यु भयो ।

व्यक्ति कोलम्बियाको राजधानी बोगोटोको यात्रा गरेर फर्किएका थिए ।

घटनाको अनुसन्धानको जिम्मवारी मेक्सिकोको संघीय अधिकारीहरुले लिएका छन् ।




भर्खरै