५ असार २०८३, शुक्रबार
,
Latest
अर्थमन्त्री वाग्लेद्वारा वैदेशिक ऋण बाध्यता भएको स्पष्टिकरण, उत्पादनमूलक क्षेत्रमा लगानी भएकाले नआत्तिन आग्रह सरकारद्वारा १० मेगावाटसम्मका जलविद्युत् परियोजनाको पीपीए खुला, साना तथा मझौला आयोजनामा लगानी प्रवर्द्धन गर्ने लक्ष्य बैंकिङ संकट व्यवस्थापनका लागि राष्ट्र बैंकलाई ‘एकै रातमा निर्णय गर्ने’ विशेष अधिकार आवश्यक छ: गभर्नर… कक्षा १२ को नतिजा ४० दिनमै सार्वजनिक, सुशासन र शैक्षिक सुधारको महत्वपूर्ण उपलब्धि हाे: शिक्षामन्त्री… गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको ध्यान ‘समृद्ध राष्ट्र, सुखी नेपाली’ बाहेक अरु केही छैन् : पौडेल



अ+ अ-

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले सरकारको ध्यान ‘समृद्ध राष्ट्र, सुखी नेपाली’ बाहेक अरु केहीमा नभएको बताएका छन् । आगामी वर्षलाई तीब्र विकास र प्रगतिको बर्षका रुपमा सदुपयोग गर्न चाहेको उनको दाबी छ ।

बुटवलको रामनगरमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको शिलान्यास गर्दै पौडेलले जेठ १५ गते सरकारले प्रस्तुत गर्ने बजेटको कार्यान्वयनसंगै देशमा मानव बिकास, आर्थिक बिकास र पर्यटन बिकासले तिब्र गती लिने बिश्वास ब्यक्त गरे ।

विरोधीहरुले धेरै हल्ला चलाए पनि नेपालको विकासको दर,जीडीपी बढेकोमा खुसी ब्यक्त गरे । उनले विकास र समृद्धिका लागि दलभन्दा माथि उठेर सामूहिक भावनामा केन्द्रित हुन पनि सबैलाई आग्रह गरे ।

पुर्व अर्थमन्त्री समेत रहेका महासचिव पौडेलले कालिगण्डगी डाईभर्सन दुई प्रदेशको विवादको बिषय नभएको जिकिर गर्दै रिडी रुद्रबेनीमा निर्माण हुने बाँधबाट बाँध मुनीका जनतालाई सिंचाईको अभाव नहुने गरि कालि गण्डकी डाईभर्सन निर्माण गर्ने परियोजना भएको बताए ।




भर्खरै