५ असार २०८३, शुक्रबार
,
Latest
सरकारद्वारा १० मेगावाटसम्मका जलविद्युत् परियोजनाको पीपीए खुला, साना तथा मझौला आयोजनामा लगानी प्रवर्द्धन गर्ने लक्ष्य बैंकिङ संकट व्यवस्थापनका लागि राष्ट्र बैंकलाई ‘एकै रातमा निर्णय गर्ने’ विशेष अधिकार आवश्यक छ: गभर्नर… कक्षा १२ को नतिजा ४० दिनमै सार्वजनिक, सुशासन र शैक्षिक सुधारको महत्वपूर्ण उपलब्धि हाे: शिक्षामन्त्री… गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सांसद सिंहले सोधे : सरकार र विप्लवबीच कुनै सम्बन्ध त छैन ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसमा सांसद अमरेशकुमार सिंहले ससरकारको नेतृत्व गरिरहेको नेपाल कम्यूनिष्ट पार्टी नेकपा तथा विप्लव समूहबीच कुनै सम्बन्ध त छैन भन्ने प्रश्न उठाएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा सांसद सिंहले भने, ‘हिजो एउटा कम्युनिस्ट पार्टी संसदमा थियो अर्को बम विस्फोट गर्दै हिँडेको थियो। पछि एक भए। आज पनि एउटा बम आतंक मच्चाउँदै हिँडेको छ अर्को सरकारमा , कतै सरकारसंग सम्बन्ध त छैन ?’

सरकार र विप्लव समूहसँग साँठगाँठ त छैन भन्ने प्रश्न गम्भीर भएको भन्दै बादलले भने, ‘यी नाजायज प्रश्नहरु हुन् । यो प्रश्नलाई उल्टाएर हेर्दा कतै प्रश्नहरुको सम्बन्ध त छैन भन्न सकिन्छ । तर मलाई लाग्छ विषय त्यो होइन ।’

गृहमन्त्रीको प्रतिप्रश्नमा कांग्रेस सांसद एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले आपत्ति जनाए । उनले विस्फोटका घटनामा कुन सांसदको कहाँ संलग्नता छ गृहमन्त्रीले सदनलाई जानकारी दिनुपर्ने नभए रेकर्डबाट हटाउनुपर्ने बताए ।

सभामुख कृष्णबहादुर महराले यसबारे सदन र गृहमन्त्रीको ध्यानाकर्षण भएको बताएका छन् ।




भर्खरै