२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विजयी भएपछि मोदीको पहिलो विदेश भ्रमण माल्दिभ्स हुने



अ+ अ-

काठमाडौं । भारतीय लोकसभा चुनाव जित पछि प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो विदेश भ्रमण माल्दिभ्स रहने कूटनीतिक स्रोतहरूले जनाएका छन् ।

यस भन्दा पहिलो जित तथा सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्री बन्दा मोदीले पहिलो विदेश भ्रमणका लागि भुटान छानेका थिए ।

मोदीले सम्भवतः जेठ २४ गते माल्दिभ्सको भ्रमण गर्ने कूटनीतिक स्रोत तथा माल्दिभ्सका सञ्चारमाध्यमले जनाएका छन् ।

परराष्ट्रमन्त्री सुषमा स्वराजले गत मार्च महिनामा माल्दिभ्स भ्रमण गरेकी थिइन् । राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह माल्दिभ्सको सत्तामा आएपछि भारतले गरेको पूर्ण द्विपक्षीय भ्रमण त्यही थियो ।


भारत र माल्दिभ्सबीचको सम्बन्ध तत्कालीन राष्ट्रपति अब्दुल्ला यामीनले संकटकाल लगाएपछि बिग्रेको थियो ।

सोलिह यामीनलाई राष्ट्रपति निर्वाचनमा गत नोभेम्बर महिनामा हराएर राष्ट्रपति बनेका हुन् ।