१ असार २०८३, सोमबार
,
Latest
सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना हाेः राष्ट्रपति पाैडेल प्रतिनिधिसभाः सांसदद्धारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान यार्सा उत्पादनमा ६० प्रतिशत गिरावट आयो, हिमाली अर्थतन्त्र सङ्कटमा छः सांसद बुढा झापामा जंगली हात्तीको वितण्डाः संसदमा सांसद डाँगीद्वारा सरकारको ध्यानाकर्षण लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग निजी क्षेत्रले पनि विधि विज्ञान प्रयोगशाला खोल्न पाउने गरी कानूनी व्यवस्था गर्नुपर्दछः मन्त्री पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप : पुलिसको विजयी सुरुआत, कर्णाली प्रदेश पराजित



अ+ अ-

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ९४ रनले पराजित गरेको हो ।

१८६ रनको सामान्य चुनौती पछ्याएको कर्णाली प्रदेशले २७ ओभरको समाप्तिमा सबै विकेटको क्षतिमा ९१ रन मात्रै बनाउन सक्यो ।

कर्णाली प्रदेशका लागि सुशान्त थापाले २९, महेश खत्रीले १७ र दिनेश अधिकारीले १६ रन बनाए । पुलिसका लागि आरिफ शेखले ४ र ललितनारायण राजवंशीले तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४१ ओभरमा सबै विकेट गुमाउँदै १८५ रन बनाएको थियो । पुलिसका लागि दिलिप नाथले ७२ रन बनाए । त्यस्तै, कुशल भुर्तेलले ६२ रन बनाए ।

बलिङतर्फ सुदन पोख्रेलले पाँच र दिवन पुनले पनि दुई विकेट लिए ।




भर्खरै