२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनपसल चोरी गर्ने ७ जना भारतीय पक्राउ



अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले सुनपसल चोरी गर्ने ७ जनाको गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

परिसरले आइतबार पत्रकार सम्मेलन गरी चोरी गर्ने गिरोहलाई सार्वजनिक गरेको हो । पक्राउ पर्ने सबैजना भारत मोतिहारी घोडासहनी घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका –६ मनोहरा बस्दै आएको पत्रकार सम्मेलनमा परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा वर्ष १८ को जहकी कुमार, वर्ष ३८ को सहिनुला, धर्मेन्द्र पट्टेल,वर्ष २७ को हस्लम अला, वर्ष २२ को सहजित खान, वर्ष १९ को लड्डु कुमार र वर्ष २७ को फिरो अलाम रहेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीस्थित जेठ ७ गते राती १० बजेतिर गौतम कुमार विश्वकर्माले सञ्चालन गरेको ‘हाम्रो सुनचाँदी’ पसलको सटर फोर्दै गरेको अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्वबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको एसएसपी सुवेदीले बताए ।

पक्राउ परेका उनीहरुको साथबाट सुनजस्तो देखिने पहेलो धातु २२ लाल, चाँदी जस्तो देखिने सेतो धातुका गरगहना ५ केजीभन्दा बढी, सटर काट्न प्रयोग गर्ने कैची २ थान, सटर फोर्न प्रयोग गर्ने रड ३ थान र अन्य औजारहरु बरामद गरिएको छ ।