१ असार २०८३, सोमबार
,
Latest
झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग निजी क्षेत्रले पनि विधि विज्ञान प्रयोगशाला खोल्न पाउने गरी कानूनी व्यवस्था गर्नुपर्दछः मन्त्री पुन काम नगर्ने ठेकेदारकाे ‘खुट्टा भाँच्ने’ मन्त्री लम्सालको अभिव्यक्तिपछि विवाद, कानुन विपरित भएको भन्दै आलोचना आगामी आवको बजेट सुधारको दिशामा अग्रसरः नेडेव गोदावरी सामुदायिक वन क्षेत्रमा टेम्पो भिरबाट पल्टाइएको घटनाबारे छानबिन समिति गठन गिरीबन्धु टी–स्टेट प्रकरणकाे फाइल एक नम्बरमा खाेल्न सरकारलाई संसाद अर्यालकाे चुनौती सुस्तामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप र सरकारी उदासीनताप्रति सांसद काउचाको आपत्ति उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु संसद्‌को रेकर्डबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउन नेकपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप जित्न हिँडेको टोलीको न्युजिल्यान्डसँग लज्जास्पद हार



अ+ अ-

काठमाडौं । विश्वकपको तयारीको लागि अभ्यास खेलमा न्युजिल्यान्डसँग भारतले लज्जास्पद हार ब्यहोरेको छ ।

लन्डनमा शनिबार राति भएको अभ्यास खेलमा न्युजिल्यान्डसँग भारत ६ विकेटले पराजित भएको हो । भारतले दिएको १८० रनको झिनो लक्ष्य न्युजिल्यान्डले ३७।१ ओभरमा चार विकेटको क्षतिमा भेटायो ।

न्युजिल्यान्डको जितमा रोस टेलरले सर्वाधिक ७१ रन बनाए । कप्तान केन विलियमसनले ६७ रन जोडे । मार्टिन गुप्टिलले २२ रन बनाएका थिए । बलिङमा भारतका जस्प्रित बुम्राह, रविन्द्र जडेजा, हार्दिक पाण्डया र युजभेन्द्र चाहलले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ३९।२ ओभरमा सवै विकेटको क्षतिमा एक सय ७९ रन मात्र बनाउन सकेको थियो । भारतका लागि रविन्द्र जडेजाले ५४ रन बनाए । हार्दिक पाण्डयाले ३०, कुलदिप यादवले १९, कप्तान विराट कोहली १८ र महेन्द्र सिंह धोनीले १७ रन बनाएका थिए ।

भारतको ब्याटिङलाई ध्वस्त पार्ने क्रममा न्युजिल्यान्डका टे्रन्ट बोल्टले चार विकेट लिए । त्यस्तै, जेम्स निशामले तीन विकेट लिए ।




भर्खरै