१ असार २०८३, सोमबार
,
Latest
आगामी आवको बजेट सुधारको दिशामा अग्रसरः नेडेव गोदावरी सामुदायिक वन क्षेत्रमा टेम्पो भिरबाट पल्टाइएको घटनाबारे छानबिन समिति गठन गिरीबन्धु टी–स्टेट प्रकरणकाे फाइल एक नम्बरमा खाेल्न सरकारलाई संसाद अर्यालकाे चुनौती सुस्तामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप र सरकारी उदासीनताप्रति सांसद काउचाको आपत्ति उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु संसद्‌को रेकर्डबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउन नेकपाको माग परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो प्रहरी देख्दा नागरिकले सुरक्षा होइन, त्रास महसुस गरिरहेका छन्ः संसदमा राई प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयकमाथि छलफल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कम्युनिष्ट पत्तासाफ, देशभरी जम्मा पाँच सिट मात्रै



अ+ अ-

काठमाडौं । भारतको कम्युनिष्ट घटकले यस लोक सभा निर्वाचनमा हालसम्मकै न्युन सिट हासिल गरेका छन् ।

एक समयको गढ पश्चिम बंगालमा खाली हात हुँदा उसकै सरकार रहेको केरला राज्यमा जम्मा १ सिट पाएको छ । देशभरमा कम्युनिष्टको कुल सिट ५ रहेको छ ।

५ वर्षदेखि पश्चिम बंगालमा चुनाव जित्दै आएको माकपाले २०११ सम्म राज्य सरकारको पनि नेतृत्व गर्दै आएको थियो ।

२००९ को निर्वाचनसम्म केन्द्रीय गठबन्धनको किङ मेकरसमेत रहेको माकपाले २०१४ मा नौ सिट मात्र जितेको थियो । तर, यसपालि उसले बंगाल र त्रिपुराबाट सबै सिट गुमाएको छ ।

त्यसपछि मोदीको लहरमा कम्युनिष्टहरु झनै खुम्चिए । सन् २०१४ मा जम्मा १० भोट ल्याएको कम्युनिष्ट अहिले त्यसको पनि आधामा खुम्चिन पुगेका छन् ।

सन् २००४ मा ५९ सांसद जित्दा कम्युनिष्टले तत्कालिन युपिए सरकार गठन गर्न महत्वपूर्ण भूमिका पनि खेलेका थिए ।

हाल प्राप्त पाँचमध्य चार सिट तमिल नाडूबाट प्राप्त भएको थियो । त्यहाँ कम्युनिष्ट त्यति बलियो शक्ति होइनन् । उसले डीएमकै समर्थक लहरमा यति मत पाएको विश्वास गरिएको छ ।

कम्युनिष्टका केही महत्त्वपूर्ण उमेद्वारमध्य निवर्तमान सांसद तथा पोलिट्व्युरो सदस्या मोहम्मद सलिम र बदरुद्दोजा खान तिनको निर्वाचनमा क्षेत्रमा क्रमशः तेस्रो र चौँथो आएका छन् ।

बंगालमा त्रिणमुल कंग्रेसले ४३.९५ मतसहित २२ र भाजपाले ४०.२५ मतसहित १८ सिट जितेका छन् । कंग्रेसले ५.६२५ मतसहित २ सिट जितेको छ ।

तर, सीताराम येचुरीले नेतृत्व गरेको माकपाले बंगालमा ६.२९५ मत पाएको छ । त्रिपुरामा १७.३३५ मत पाएको माकपाले शून्य सिट पाएको छ । राज्यका दुवै सिट भाजपाले पाएको छ । उसको मत ४९.०१५ छ ।

माथिको नतिजाबाट के प्रष्ट हुन्छ भने पश्चिम बंगालमा कम्युनिष्ट मत भाजपातर्फ सरेको देखिएको छ । कंग्रेस लहर आएको समय कम्युनिष्टले राम्रो मत पाएको इतिहास छ । सन् १९८० मा उसले ५४ सिट जितेको वर्ष इन्दिरा गान्धी निर्वाचित भएकी थिइन् ।

त्यस्तै इन्दिराको हत्यापछि भएको सन् १९८४ को निर्वाचनमा उनीहरुको मत ३३ मा झर्यो । सन् १९९१ मा सोभियत संघको पतनपछि भएको निर्वाचनमा पनि उसले ५६ सिट जितेको थियो ।