२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि ‘छक्का दाउ’ चाल्दै दीपक–दीपा, ‘छ माया छपक्कै’को छायांकन सुरु भएको घोषणा



अ+ अ-

चलचित्र ‘छ माया छपक्कै’को छायांकन सुरु भएको जानकारी यसको निर्माणपक्षले दिएको छ ।करिब एक महिना अगाडि होटल सोल्टीमा औपचारिक घोषणा चलचित्रको छायांकन सुरु भएको जानकारी दिदै चलचित्रका निर्माता रोहित अधिकारीले राम्रो चलचित्र बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आइएमईको प्रस्तुतीमा निर्माण हुने फिल्ममा रोहित अधिकारीको एकल लगानी रहनेछ ।

दीपेन्द्र लामाको निर्देशन रहने फिल्म यसपटक नायिका प्रियंका कार्कीको ठाउँ केकी अधिकारीले ओगट्ने बताएका छन् । दीपकराज गिरीको जोडी रुपमा केकीलाई देख्न पाइनेछ भने केदार घिमिरे र जितु नेपाल पनि मुख्य भूमिका रहने कार्यक्रममा बताइएको छ ।

शहरमा हुर्किएकी एक युवती र सोझो केटाको कथा रहेको फिल्मको दीपाश्री निरौला निर्देशन सल्लाहकार रहेकी छन् ।

रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्म जेठ पहिलो साताबाट छायांकन सुरु हुनेछ । फिल्मलाई हरि हुमागाइँले खिच्नेछन् ।

निर्देशक लामाको कथा रहेको फिल्मको पटकथा दीपकराज, संवादमा दीपक, केदार, जितु र अभिमन्यू निरबीको रहेको छ ।